सिरहा । सिरहाको चोहर्वा सिरहा सडक खण्ड अन्तर्गत पदमपुरमा हिजो अबेर राति जे सी बी ले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा सिरहा नगरपालिका वडा नं. ११ का ३५ वर्षीय विरेन्द्र पण्डित र २८ वर्षीय दोरिक सदा रहेको छ । जे सी बीलाई प्रहरीले नियन्त्रणमा लिई फरार रहेका चालकको खोजतलाश भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । मृतकको लाश पोष्टमार्टमको लागि सिरहा अस्पतालमा राखिएको परिवारजनले जनाएको छ ।