भद्रपुर / प्रधानमन्त्री केपी शर्मा ओलीले मेची (महाकाली रेल दौडाएर छाड्ने ठोकुवा गरेका छन् । झापाको भद्रपुर स्थित मेची नदीमा निर्माण सम्पन्न भएको मेची पुललाइ विहीबार साँझ उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

रेल हेर्नका लागि भारत जानु पर्ने वाध्यता हटाइने प्रधानमन्त्री ओलीले बताए । २०१९ सालको चैत्रमा पहिलो पटक मेची नदी तरेर रेल हेरेको उल्लेख गर्दै खोला तरेर रेल हेर्न अर्को देश जान नपरोस उनले भने । पुलको भारत तर्फ रहेको सडकलाइ भारतका प्रधानमन्त्रीसँग समन्वय गरेर समाधान गरिने उनले बताए । पुल अभावका कारण भद्रपुर पछि परेको भन्दै अब आधुनिकता तर्फ गएको उनले बताए ।

शिलान्यास भएको झण्डै एक दशकमा निर्माण सम्पन्न भएको झापाको भद्रपुर स्थित मेची नदीमा सातमहिना अघि निर्माण सम्पन्न भएको पुल प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

वि.सं.२०६६ माघ २१ गते तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले पुल शिलान्यास गरेका थिए । यसअघि २०२२ सालमा तत्कालीन अञ्चलाधीश मनमोहन मिश्रले पहिलो पटक पुलको शिलान्यास गरेका थिए ।

शिलान्यास गरेको १९ वर्षसम्म पुल नबनेपछि २०४१ साल जेठ १५ गते तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले दोस्रो पटक शिलान्यास गरे । दोस्रो पटक शिलान्यास गरेको २५ वर्षपछि विं.स.२०६६ माघ २१ गते तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले ३ वर्षमा पुल निर्माण सम्पन्न हुने गरी शिलान्यास गरे पनि विविध कारणले आठ वर्षमा निर्माण सम्पन्न भएको थियो ।

कनक सूर्य एण्ड सन्स कम्पनीले ३७ करोड ३६ लाख ५० हजार ठेक्का लिएको थियो । ६ सय ६० मिटर लम्बाइ र १० मिटर चौडाइ रहेको उक्त पुलको भारबहन क्षमता ७० टन रहेको प्राविधिकले जनाएका छन् ।

रात्रिकालीन हवाई सेवाको उद्घाटन

झापाको भद्रपुर स्थित चन्द्रगढी नागरिक उडडयन कार्यालयमा रात्रिकालीन हवाई सेवाको समेत प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । दिनमा मात्र चल्ने जहाज अब रात्री कालिन सेवा शुरु भएकोमा खुसी व्यक्त गरेका थिए । वुधबार साँझ रात्रिकालीन हवाई सेवाको परीक्षण उडान सफल भएको थियो ।

बुद्ध एयरलान्सले आरएनएभी (एरिया नेभिकेसन) को सहायताले लो भिजिबिलिटी र हाल जडान गरिएको रनवे लाइटले रात्रिकालीन परीक्र्षेण उडान गरेको थियो । विराटनगरबाट उडान भरेको बुद्ध एयरलाइन्सको जहाजले भद्रपुर विमानस्लथमा ५ बजेर ४० मिनेटमा अवतरण गरेको थियो । बुद्ध एयरले आगामी फेब्रुअरी १० बाट साँझ ५ बजेर ५० मिनेटमा रात्रिकालीन हवाई सेवा सुरु गर्ने जनाएको छ ।

दुईवटा जहाजले सेवा दिर्दै आएको बुद्ध एयरले यसका लागि एउटा जहाज थपिसकेको बुद्ध एयरका सुवास घिमिरेले जानकारी दिए । यसअघि खराब मौसम र लो भिजिविलिटीका कारण जहाजहरू रद्द गर्नुपर्ने स्थितिमा अब जडान गरिएको यस प्रविधिले ती दीर्घकालीन समस्या हटनुका साथै रात्रिकालीन सेवाले हवाई यात्रुलाई आगामी दिनमा फाइदा पुग्ने चन्द्रगढी नागरिक उडडयन कार्यालयका प्रमुख पूर्ण चुडालले जानकारी दिए ।