दमक / प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको काम देखेर अन्तरष्ट्रिय जगत समेत चकित परेको बताएका छन् ।

संघियता कार्यान्वयन क्रममा निम्तिएका समस्यालाई सहज रुपमा समाधान गर्दै ऐन कानुनहरु बनेकाले पनि अन्तराष्ट्रिय स्तरमा नेपालको प्रशंसा भएको प्रम ओलीले दाबी गरे । झापाको दमकमा बिहिबारबाट सुरु भएको बृहत बाल महोत्सवमा बोल्दै प्रधानमन्त्री ओलीले संघियता कार्यान्यन भएको एक वर्ष भित्रमै देखीएका समस्याको समधान गरेको देखेर बिस्व नै आश्यर्च चकित परेको पुष्टि गर्नु गरे । ‘अन्तराष्ट्रिय स्तरमा आयोजीत बिभिन्न सरकार प्रमुखहरुको कार्यक्रममा सहभागी हुँदा त्यहाँ नेपालको प्रशंषा गरियो ।’ प्रधानमन्त्री ओलीले भने ‘ लामो समयदेखी संक्रमणकालिन अवस्थामा गुज्रीरहेको मुलुकलाई एक वर्ष भित्रमै आवश्यक नियम कानुन र संविधान बनाएर सहज रुपमा संघियता कार्यान्यान गर्न सफल भएको बन्दै बिस्व जगतले नेपाल सरकारको काम देखेर दङ्ग परेको छ । ’

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको कसैले चिन्ता लिनु पर्ने दिन कहिल्यै नआउने बताए । सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको जोड दिँदै प्रधानमन्त्री ओलीले अव देशको चिन्ता कसैले लिनु पर्ने दिन कहिल्यै नआउने समेत बताए । देशको अहिलेको आवश्यकता पूरा गर्न सरकार स्पष्ट र जिम्मेवारीका साथ अगाडी वढ्ेको वताउनुहुदै उनले विकास र समृद्धिको महान यात्रामा अव सवै नेपालीहरु एक ढिक्का हुनु पर्ने खाँचो रहेको औँल्याए । उनँले देशको साझा लक्ष्य प्राप्तिका लागि कसैले वाधक बन्न नहुने धारणा समेत राखे ।

प्रधानमन्त्री ओलीले वालमहोत्सवले बालवालिकाहरु भित्रका लुकेका प्रतिभाहरुलाई उजागर गर्ने अवसर भएको बताए । यस्ता महोत्सवहरु आफना क्षेत्रको पहिचान संगै देशको आर्थिक विकासमा सघाँउ पुरयाँउन सहयोग पुग्ने माध्यम भएको उनको भनाई थियो । बालबालिका कोही पनि बिद्यालय बाहिर नरहु्न् भनेर आगामी शैक्षिक सत्रदेखि बिषेश अनौपचारिक साक्षरता अभियान सञ्चालन गरिने भएको छ । जनताको सरकार भएकाले अब नेपाली बालबालिकाले बिद्यालय जानबाट बञ्चित हुनुनपर्ने ठोकुवा समेत गरे ।

२१ गते सम्म सञ्चालन हुने बृहत बाल महोत्सवको बिषेश अतिथी रहनु भएको प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले यस प्रकारको बाल महोत्सव प्रदेशको बिकास र निती निर्माणको कोषे ढुङ्गा सावित हुने बताए । वालमहोत्सवको उद्घाटनमा पर्यटन मन्त्री रविन्द्र अधिकारी ,भौतिक योजन मन्त्री रघुविर महासेठ लगायत प्रदेशका मन्त्री, माननीयहरुको उपस्थिति रहेको थियो भने स्थानीय जातिका झाँकी,नृत्यहरु समेत प्रस्तुत गरेका थिए । दमक ९ स्थित सरस्वती माध्यमिक विद्यालयमा शुरु भएको बालमहोत्सवमा बालबालिकाहरुको प्रतिभा उजागर गर्ने नृत्य,निवन्ध, चित्रकला, कविता, हाजिरीजवाफ, बक्तृत्वकला, विज्ञान प्रतियोगिता लगायतका एक दर्जन बढी विभिन्न विधाहरुमा १ हजार बढी विद्यार्थीले प्रतिष्पर्धा गर्ने छन् । महोत्सवमा बालबालिकासहित विभिन्न ५० वटा व्यवसायिक स्टलहरु रहने छन् ।