मेचीनगर/प्रधानमन्त्रीको पुत्ला दहन गर्ने क्रममा सुरक्षाकर्मी र नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घबीच बिहीबार झापाको सुरुङ्गामा झडप भएको छ ।

नेविसङ्घले निकालेको विरोध ¥यालीमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो । सुरुङ्गा क्याम्पसमा आयोजित कार्यक्रममा झडप भएको थियो । त्यसक्रममा केही विद्यार्थी घाइते बनेको क्याम्पस इकाइका सभापति उदित दाहाल जानकारी दिए । उनका अनुसार असोक पाठक, सागर ढकाल, सुवन दाहाल, पारस दाहाललगायत विद्यार्थी घाइते भएका छन् । प्रहरीले पुत्ला दहनका क्रममा दमन गरेको उनीहरूको आरोप छ ।


झापाको गौरीगञ्ज बहुमुखी क्याम्पसका विद्यार्थीहरूले पनि विरोध ¥याली निकालेका थिए । त्यहाँ पनि प्रहरीसँग सामान्य झडपको स्थिति सिर्जना भएको नेविसङ्घका झापा जिल्ला सभापति राजेन्द्र उपे्रतीले बताए । सदनले जर्वजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा नेविसङ्घले देशव्यापी रूपमा आन्दोलन गरिरहेको छ । सोही क्रममै विभिन्न स्थानमा झडप भएको हो ।

बिहीबार झापाको १५ वटा स्थानीय तहमा विरोध ¥याली निकालिएको थियो । जसमा सुरुङ्गा र गौरीगञ्जमा झडपको स्थिति सिर्जना भएको हो ।