भोजपुर/प्रतिनिधि सभा सदस्य संघिय सांसद सुदन किरातीले धमिलो पानीमा माछा मार्ने तत्व विरुद्ध एकजुट हुन जनतालाई आह्वान गरेका छन । जिल्लाको आम्चोक गाउपालिका ६ बयाङमा विहिबार आयोजित जनताका प्रश्न सांसदका उतmर कार्यक्रमलाई सम्बोधन गर्दै सांसद किरातीले यस्तो आह्वान गरेका हुन । विकाश निर्माणका कार्यहरुमा असन्तुष्टीका आवाज उठन थालेको प्रति सचेत गराउदै जन उनले प्रतिनिधीहरुलाई जन भावना अनुसार काम गर्न आग्रह गरे ।

उनले भने “धमिलो पानीमा माछा मार्ने जन विरोधी तत्वहरु जति सल्बलाए पनि दुधकोशी उकालो बग्दैन ,गलत सोच बाकेकाहरुलाई जनताले पाखा लगाउछन जनता जनार्दन हुन , जनता भन्दा बलियो अरु कोहि हुन सक्दैन ।” उनले बिकाश र समृद्धिका लागी दक्ष जनशतिm अभाव नेपालको मुख्य समस्या रहेको पनि उल्लेख गरे । देशमा भएको राजनितिक परिवर्तन सगै मौलिक अधिकार स्थापित भए पनि सरकारको लगानी भने अपुग रहेको स्पष्ट पारे ।

जनताको मौलिक हक अन्तर्गत शिक्षा स्वास्थ्य , आवास लगाएत विषयमा सरकार संवेदनशिल हुनु पर्ने भन्दै सांसद किरातीले त्यसका लागी सरकारले आवश्यक पहल गर्नु पर्नेमा जोड दिए । सांसद किरातीले जनता संग प्रत्यक्ष अन्तरक्रिया गर्ने उदेश्यले जनताका प्रश्न सांसदको उतmर कार्यक्रम जिल्लाको विभिन्न स्थानिय तहमा सञ्चालन गरेका हुन । कार्यक्रममा उनले जनताका समस्या गुनासो , प्रतिक्रिया लिदै सोही अनुसार काम गर्दै आएका छन ।

यसै विच सांसद किरातीले जिल्लाको हतुवागढी गाउपालिका ३ सिन्द्राङ स्थित शिशु शिक्षा माविको ५९ औ बार्षिक उत्सव तथा स्मारिका बिमोचनको उदघाटन गरेका छन । विद्यालय व्यावस्थापन समिती अध्यक्ष तेज बहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा उनले विद्यालयको बार्षिक उत्सव तथा स्मारिका विमोचन कार्यक्रमको उदघाटन गरेका हुन । सोही अवसरमा उनले २ कोठे विक्रम भवनको समेत शिलान्यास गरे । भवन २१ लाख लागतमा निर्माण सम्पन्न हुने भवन निर्माण समितीले जनाएको छ । भवन निर्माणका लागी स्थानिय समाज सेवी बिक्रम राई १० लाख हस्तान्तरण गरेका छन भने अन्य रकम स्थानिय समाज सेवी तथा बैदेशिक रोजगारीमा रहेकाहरुबाट संकलन गरिएको हो ।

इन्सुरेन्स द्धारा १३ लाख मृत्यु दावी भुक्तानी

आई एम ई लाईफ इन्सुरेन्स कम्पनी भोजपुर शाखाले १३ लाख मृत्यु दावी भुक्तानी गरेको छ । शाखाले जिल्लाको अरुण गाउपालिका ६ जरायोटारका मान बहादुर खड्काको मृत्यू भए पछि मृतकको परिवार लाई विहिवार मृत्यु दावि भतmानी गरेको हो । मृत्य दावी भुतmानी भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले तथा आई एम ई लाईफ इन्सुरेन्स प्रदेश नंम्बर एकका संयोजक कर्मराज पौडेलले संयुक्त रुपमा गरेको जिल्ला शाखाले जनाएको छ ।

खड्का केही वर्ष अगाडी बैदेशीक रोजगारीको लागि साउदी गएका थिए । साउदीमा रहदा विरामी भए पछि घर फर्किए पनि गत पुसमा उनको मृत्यु भएको मृतकको परिवारले बताएका छन । विमित खड्काले एक किस्ता विमा रकम बुझाएको इन्सुरेन्स शाखा भोजपुरका प्रमुख नविन भारतीले बताए । मृत्यु दावि भुतmानी पाए पछि मृतकका परिवार खुसी भएका छन । मृत्यु दावी भुतmानी कार्यक्रममा रणवम गण भोजपुरका प्रमुख प्रविण घिमीरे, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्ष केशव कुमार थेवे, लगाएतको उपस्थिती रहेको थियो ।

खाद्य संस्थान भोजपुरले जापानीज चामल विक्रि गर्ने

नेपाल खाद्य संस्थान शाखा कार्यालय भोजपुरले जापानीज चामल विक्रि वितरण गर्ने भएको छ । यस अघि सोना मन्सुनी चामल विक्रि वितरण गर्दै आएको संस्थानले गुणस्तरीय, जापनिज चामल बिक्रिी गर्ने भएको हो । शाखले विहिवार जिल्ला स्थित सरोकारवालाहरु सग छलफल गरी जापानिज चामल विक्रि वितरण गर्ने जनाएको हो । जापान सरकारबाट नेपाल सरकारलाई प्राप्त जापानी चामलको लागत मुल्य विरगञ्ज सम्म प्रति क्वीटल चार हजार एक सय ६५ पर्ने भए पछि गाडि भाडा लगायत अन्य शुल्क कटाएर स्थानीय बजारमा प्रति क्वीटल ४ हजार ५ सयमा विक्रि वितरण गर्ने नेपाल खाद्यन्न संस्थान भोजपुरका शाखा प्रमुख राज बहादुर राईले बताए । हाल भोजपुर शाखामा १ सय ५० क्वीटल जापानीज चामल निर्यात भएको शाखाले जनाएको छ ।