इटहरी/ इटहरी २० तरहरामा एक बालिका बलात्कृत भएकी छन् । कम उमेरको बालिकालाई फरक-फरक समयमा बलात्कार गरेकाे आरोपमा तरहराका ३ युवालाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकाको पेटमा ३ महिनाको बच्चा भएको थाहा पाए सँगै बालिकाको परिवारले इलाका प्रहरी कार्यलय इटहरीका जवरजस्ती करणीको उजुरी दिएका थिए । साेही उजुरीका अाधारमा ३ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

बलात्कारको आरोपमा इटहरी २० का २२ बर्षिय प्रकाश खड्का, २३ बर्षिय सुवास विक र ४५ बर्षिय भिमबहादुर परियार पक्राउ गरी जवरजस्ती करणीमा मुद्धा दायर भएको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईले वताए । उनले भने, 'बालिकाको बयानको आधारमा उनीहरुलाई पक्राउ गरी जवरजस्ती करणीमा मुद्धा दायर गरेका छौ ।' 

फरक-फरक समयमा उनीहरुले फकाईफुल्याई शारारीक सम्बन्ध राखेको बयान बालिकाले प्रहरी समक्ष दिएकी छिन ।