ताप्लेजुङ/नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रि नविन्द्रराज जोशीले वर्तमान सरकार जति बढी समय रह्याे उति नै मुलुक र जनताका लागि अहित हुने वताएका छन् । रोजगार दिन्छु भन्ने सरकारले रोजगार सिर्जना गर्ने वातावरण नवनाएको उनको आरोप छ ।
सोमबार नेपाल प्रेस युनियन ताप्लेजुङद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जोशीले वर्तमान सरकार जति बढी समय रह््यो उति नै मुलुक र जनताका लागि अहित हुने बताए । जोशीले प्रधानमन्त्रि केपी ओलीको नैतिकतामाथी समेत प्रश्न उठाएका छन् । डा. गोविन्द केसीसँग आफैले गरेको सम्झौता कार्यान्वयन गर्न नसकेको भन्दै जोशीले प्रधानमन्त्रि ओलीको विश्वासनियता गुम्दै गएको बताए । ‘आफैले गरेको सम्झौताको मर्मविपरित चिकित्सा शिक्षा विधेयक पारित गर्न प्रधानन्त्रिले भूमिका खेल्नुभयो,’ जोशीले भने, ‘यसले उहाँको कार्यशैलीमै प्रश्न खडा गरेको छ ।’ फरक प्रसङगमा जोशीले अपराधिहरुको मनोबल बढाउन सरकार उद्यत रहेको आरोप लगाएका छन् ।
प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा संवैधानिक निकायहरुको प्रमुख नियुक्ति गर्न नपाइने प्रावधान लत्याएर सरकारले लोकतन्त्रको मर्ममाथी प्रहार गरेको समेत जोशीको आरोप थियो । ‘कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ गर्न नसक्नु, विभिन्न समयमा निर्दोषलाई दोषि भन्दै पक्राउ गर्नु, ३३ किलो सुनकाण्डलाई लुकाउने जस्ता घटनालाई हेर्दा यो सरकारकै कारण अपराधिहरु बच्न सक्ने वातावरण बनेको छ,’ उनले भने ।कार्यक्रममा राष्टिूय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रका सुचकहरु निरन्तर ओरालो लागिरहेको बताए । शक्तिसाली भनिएको सरकारले लगानीको माहोल नै वनाउन नसकेको वाग्लेको भनाई थियो ।
‘मुलुकको आर्थीक अवस्था दयनिय बन्दै छ,’ वाग्लेले भने,‘सरकारले सुधारका लागि सार्थक पहल गर्न सकेन ।’ शक्तिसाली भनिएको सरकारबाट जति अपेक्षा गरिएको थियो त्यसको विपरत भइरहेको वाग्लेको भनाई थियो । ‘लगानी र रोजगार सृजनाको माहोल बन्न नसक्नु, विदेशी लगानीको प्रतिबद्धता घट्नु, दल निकट उद्यमीलाई फाइदा पुग्ने गरि निती बनाइनु आयात बढ्नु, निर्यात घट्नु यसका उदाहरण हुन्,’ उनले भने । सरकारले आफ्ना कमजोरीलाई लुकाउन तथ्याङ्कमाथीनै राजनिती गर्न थालेको वाग्लेको आरोप थियो ।