तेह्रथुम / फेदाप गाउँपालिका ४ सम्दुबाट प्रहरीले बेवारिसे भरूवा बन्दुक फेला पारेको छ ।

सम्दुको भाले डाँडास्थित जंगलमा बेवारिसे अबस्थामा रहेको भरुवा बन्दुक १ थान प्रहरीले फेला पारेको हो । ईलाका प्रहरी कार्यालय आठराई खटिएको प्रहरीले उक्त बेवारिसे हतियार फेला पारेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय आठराईका प्रहरी निरीक्षक राकेश कुमार पोदारले जानकारी दिए ।