बेलबारी /  इलाका प्रहरी कार्यलय बेलबारीले एक साता भित्र नगरपालिकाको बिभिन्न वडाबाट बरामद गरेको साढे चार सय लिटर घरेलु मदिरा शनिबार नष्ट गरेको छ ।
प्रहरीले बेलबारी नगरपालिकाको वडा नम्बर ४,६ र ११ का बिभिन्न स्थानबाट बरामद गरिएको घरेलु मदिरा नष्ट गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । अवैध रुपमा वेचविखनका लागि लैजान आटेको अवस्थामा मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो ।