धनकुटा / धनकुटा नगरपालिका वडा नं.४ मा लागु औषध गाँजा विक्रि गर्ने तथा सेवन गरिहेको अवस्थामा ३ जनालाई प्रहरीले शनिवार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका इस्पेक्टर सुरज खड्काका अनुसार पक्राउ पर्नेहरुमा धनकुटा न.पा.४ वस्ने वर्ष ३० का लक्ष्मण घिमिरे, सोही वडाका वर्ष ४८ का कमलवहादुर भण्डारी र वर्ष ८ का एक नावालक रहेका छन् । उनीहरुलाई सोही स्थानमा गाँजा विक्रि तथा लामो समय देखी भेला भएर खाने गरेको विशेष सुराकीको आधारमा पक्राउ गरिएको इनेस्क्टर खड्काले वताए ।
श्रोतका अनुसार सोही स्थानमा हरेक दिन स्थानिय युवाहरु भेला भएर गाँजाखाने तथा ओसार पोसार समेत गर्ने गरिएको खुलेको छ ।
प्रहरीले उनीहरुको साथवाट सुख्खा तयारी गाँजा जेब्रा झोलामा १ के.जी., विक्रिगर्न तयारी अवस्थामा राखिएको पोल्याण नामको गाँजाको डल्ला १ सय ३ थान र सा–साना प्लाष्टिकमा प्याकेट बनाइएको गाँजा ३३ प्याकेट वरामद गरेको छ । उनीहरुलाइ जिल्ला अदालत धनकुटामा म्याद थप गरी मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
त्यसैगरी प्रहरीले धनकुटा नगरपालिका वडा नं.९ मुलघाटवाट ३५ के.जी. गाँजा, २ वटा मोटर साईकल सहित २ जनालाई शुक्रवार साँझपक्राउ गरेको छ । उनीहरुलाई मुलघाट –त्रिवेणी सड्क खण्डमा रातको समयमा प्रहरीले पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेहरुमा जिल्ला धनकुटा सहिदभुमी गाउँपालीका वडा नं.३ वस्ने बर्ष २० को भुपाल राई रहेका छन् । राईलाई बा. २६ प. ६५४० नम्वरको मोटर साईकलमा सेतो प्लाष्टिकमा प्याक गरि ल्याइएको १७ केजी गाँजासहित पक्राउ गरिएको वताइएको छ ।
त्यसैगरी सोहि स्थान वस्ने बर्ष २० को जजवाल राईले चलाई ल्याएको को. ११ प. ३८२५ नम्वरको मोटर साईकलमा पनि सेतो प्लाष्टिकको बोरामा १८ केजी गाँजा ल्याउँदै गर्दा पक्राउ परेको प्रहरीले वताएको छ ।
धनकुटामा गाँजा विक्रि केन्द्र भेटियोः गाँजासहित ३ पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































