बिर्तामोड । पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको बिर्तामोडमा शनिबार भएको सवारी दुर्घटनामा एक ब्यक्ति घाइते भएका छन् । दुर्घटनामा बिर्तामोड–६ का ५० बर्षिय कृष्णमान पौडेल घाइते भएका हुन् । धरानबाट पत्रिका बोकेर आएको कार फर्किदै गर्दा बिर्तामोडस्थित पश्चिम धर्मकाँटा अगाडी मोटरसाइकलसँग ठक्कर खाएको थियो । ठक्करले पौडेलको खुट्टामा चोट लागेको छ ।
पश्चिमतर्फ जाँदै गरेको वा १४ च ६५९६ नम्बरको कार र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २८ प ११९७ नम्बरको मोटरसाइकल एकअर्कामा ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा कार र मोटरसाइकलमा क्षति पुगेको छ ।
दुर्टनापछि घाइते पौडेललाई बिर्तामोडस्थित विर्ता सिटी हस्पिटलमा सामान्य उपचारपछि नोवेल हस्पिटल बिराटनगर लगिएको हस्पिटलले जनाएको छ । क्षतिग्रस्त कार र मोटरसाइकल इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
































