मोरङ/ विकास, समृद्धि र समाज रुपान्तरणको मुख्य बाधकको रुपमा लागूऔषध र मदिरा सेवन मुख्य बन्दै गएको वक्ताहरुले बताएका छन् ।  शुक्रबार मोरङको पथरीशनिश्चरे नगरको आयोजनामा भएको लागूऔषध निषेध तथा मदिरा नियन्त्रण सम्बन्धी सचेतना एवं अन्तरक्र्रिया कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका हुन् ।

गृह मन्त्रालयको संयोजनमा भएको कार्यक्रममा मोरङ जिल्ला प्रमुख अधिकारी रमेशप्रसाद केसी, जिल्ला प्रहरी प्रमुख एस.पी. मनोज केसी, उच्चस्तरीय लागू औषध नियन्त्रण राष्टिूय निर्देशन तथा समन्वय समितिका सदस्य प्रकाश राई, नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट लगायले बोलेका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी निरीक्षक कमल बजगाईले लागू तथा मदिरा औषध सेवन बारे रिपोर्ट प्रस्तुत गरेका थिए । लागू औषध दुव्र्यासन, मादक पदार्थ सेवन, सवारी दुर्घट्ना, आत्महत्या महिला तथा बालबालिका हिंसा लगायतका समस्याहरु रहेको रिपोर्ट प्रस्तुत गरेका थिए ।

इलाका प्रहरी कार्यालयमा गएको आर्थिक बर्षमा महिलासँग सम्बन्धीत २०, जवरजस्ति करणी ११, लागू औषध ४, मदिरा सेवन गरी सवारी चलाएको बारे ९० वटा मुद्धा चलाएको प्रनि बजगाईले रिपोर्ट प्रस्तुत गरेका थिए ।

यो वर्षमा बालबालिका १३ जना हराएको बताएका थिए । नगरमा ५१.७२ प्रतिशत आदिवासी जनजाति, ३३.३३ प्रतिशत, ब्राम्हण-क्षेत्री, दलित ११.६६, मुस्लिम ०.१६, तराईबासी अन्य सहित २.५५ प्रतिशत जनसख्या रहेको प्रनि बजगाईले बताए ।

विभिन्न घट्नामा मुद्धा चलाउने र प्रहरीको सम्पर्कमा आउने क्रम बढेको बजगाईले बताएका थिए । शैक्षिक स्तर र जनचेतना बढेकाले प्रहरीमा उजुरीको संख्या बढ्दै गएको उनले बताए ।

मोरङ जिल्ला प्रमुख अधिकारी रमेशप्रसाद केसीले विकास र संमृद्धिको बाधक गरिबी, बेरोजगारसँगै लागूऔषध तथा मदिरा सेवन साथै ओसारपसार रहेको बताए । जिल्ला प्रहरी प्रमुख एस.पी. मनोज केसीले प्रहरी बढिभन्दा बढि जनतासँग मिलेर काम गर्न चाहेको बताए ।

जनतासँग राय सुझाव र सुरक्षा सम्बन्धी जनचेतना दिन मोरङमा ‘जनतासँग चिया कार्यक्रम’ सञ्चालन भइरहेको बताए ।

उच्चस्तरीय लागू औषध नियन्त्रण राष्टिूय निर्देशन तथा समन्वय समितिका सदस्य प्रकाश राईले लागू औषध र मदिरा सेवन तथा ओसारपसार समाजवादको मुख्य दुस्मन रहेको बताए । नेपालको नयाँ संविधानले समाजवाद स्थापना गर्ने भनेपनि लागू औषध नियन्त्रण नभएसम्म त्यो पुरा नहुने राईको कथन थियो ।