विराटनगर/ सुन तस्करी र उर्लाबारी शनम शाक्य हत्या प्रकरण मुद्दाको सुनवाइ अब एउटै इजालसबाट हुने भएको छ ।  यस अघि उच्च अदालत विराटनगरको छुट्टा-छुट्टा इजालस र न्यायधीसबाट हुने गरेको सुनवाइ अब एउटै इजाल र न्यायधीशबाट हुने भएको हो ।

पहिले अलग-अलग बेन्चमा पेशी तोकिदै आएका सो मुद्दाको अरोपका १२ अभियुक्त्तहरुको निवेदन बिहिबार उच्च अदालत विराटनगरमा एउटै इजलासमा पेशी तोकिएको छ ।

बिहिबार अभियुक्तहरू भुजंग गुरूङ ,दोराम खत्री, बिरेन्द्रमान श्रेष्ठ, राजु मर्हजन, लक्षु गुरुङ, रेवतकुमार आर्चाय, रामहरि सुबेदी, कपिलराज पुरी, छिरिंग बाग्ले घल, शैयद अकबरलगायतको मुद्दा उच्च अदालतका कायममुकायम मुख्य न्यायधिश शिवराज अधिकारी र न्यायधीश हरिप्रसाद बगालेको संयुक्त्त इजलासमा तोकियो ।

सबै मुद्दामा न्यायधीश अधिकारी र बगालेको इजालासले लगाउनमा राखेर हेर्नका लागि आदेश गरेको छ । अबदेखी सुन तथा हत्या मुद्दा निरन्तर कामु न्यायधीश अधिकारी र न्यायधीश बगालेको इजालसबाट सुनवाइ गर्ने उच्च अदालत विराटनगरका रजिष्टार नारयण प्रसाद रेग्मीले बताए ।

सुन मुद्दाको सुनवाई र न्याय सम्पादनमा अनियमितता भएको आंशकामा प्रधानन्यायधिश चोलेन्द्रशमशेर जबराले उच्च अदालत बिराटनगरका मुख्य न्यायधिश कुलरन्त भुर्तेल सहित पाँच जना न्यायधीशहरूलाई न्याय परिषदको सचिवालयमा तानिएको थियो ।

जसमा न्यायधिशहरु सारंगा सुबेदी, उमेशकुमार सिँह, उमेशराज पौडयाल, नगेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीलाई छानबिनका लागि न्याय परिषदमा तानेको थियो ।

सुन तस्करी र हात्या मुद्दाको आरोपमा मोरङ जिल्ला अदालतले पुर्पक्षकालागि थुनामा पठाएका अभियुक्तहरूलाई उच्च उदालतका न्यायधीहरूले अलग अलग इजालसबाट धमाधम सफाई दिएको आरोपमा न्यायधीसहरूलाई कारवाही स्वरुप सचिवालय तानिएको बताइएको छ ।  उच्च अदालतको फोटो छ ।