धरान/ लागूऔषधसहित धरान–८ बाट दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानको सादा पोशाकमा खटिएको टोलीले धरान–८ का सन्तोष राई, र धरान–२ का गोपाल अग्रवाललाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ५ सय मिलिग्राम खैरो हिरोइन बरामद गरेको इप्रका धरानको सञ्चार शाखाले जनाएको छ ।