धरान / धरान उपमहानगरपालिका ६ का ३१ बर्षीय सुभास बिक्रम भण्डारीलाई श्रीमतिलाई दुव्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीमती भेष कुमारी भण्डारीलाई कुटपिट गरेको बिषयमा श्रीमतिले जाहेरी दिए पछि इलाका प्रहरी कार्यालय धरानले उनललाई नियन्त्रणमा लिएको हो । उनले निरन्तर श्रीमतिलाई कुटपिट गर्ने गरेको बताइएको छ । गत बुधबार पनि मरासन्न हुने गरी कुटपीट गरे पछि भेषकुमारीले प्रहरीलाई उजुरी गरेकी थिईन । निज सुभास बिक्रम भण्डारीलाई पक्राउ गरी अभद्र ब्यवहार गरेको मुद्दामा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

श्रीमानबाट श्रीमतीको हत्या प्रयास
धरान उपमहानगरपालिका ८ अर्जुन टोलका संजित राईले आफ्नै श्रीमतिको हत्या प्रयास गरेका छन् ।  इलाका प्रहरी कार्यालय धरानले जनाए अनुसार बुधबार बिहान ३० बर्षीृय संजित राईले निजको श्रीमती बर्ष २८ की प्रमिला राईलाई क्यामाराको स्टेन र लात मुक्काले कुटपिट गरी घाईते बनाएको पििडतले बताइन । पीडितको जाहेरी अनुसार संजित राईको बिरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । कुटपिट गर्ने राई फरार रहेको र खोजी भइरहेको डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।