धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाको रणनीतिक अवस्थाबारे विश्व अर्थ मञ्च (वल्र्ड इकोनोमिक फोरम) को अन्तक्र्रियामा नेपालको वर्तमान राजनीतिक अवस्था, आर्थिक अवस्था र समृद्धिको योजनाबारे स्पष्ट पारेका छन् ।
अन्तक्र्रियाकी सहजकर्ता इन्डोनेसियाकी पूर्व वाणिज्य मन्त्री तथा विश्व व्यापार संघकी पूर्व महानिर्देशक म्यारी एल्का प्याङ्गेस्तुले प्रधानमन्त्री ओलीको परिचयका क्रममा ओलीलाई नेपालको संविधान निर्माण गर्न र नेपालको लोकतन्त्र स्थापनामा संघर्ष गरेका व्यक्तिका रुपमा चिनाएकी थिइन् । सहजकर्ता प्याङ्गेस्तुले ओलीलाई नेपालको आर्थिक परिवर्तनमा समेत मुख्य भूमिका निर्वाह गरेका व्यक्तिका रुपमा चिनाइन् ।
नेपाल कसरी विकास हुँदैछ, मुख्य चुनौती के हुन् ? नेपालको विकासमा क्षेत्रीय सहयोगको भूमिका कस्तो पाउनु भएको छ ? नेपालको सुरक्षा, सार्क राष्ट्रकै प्रगतिशील मुलुक निर्माणका लागि तपाईंको योजना के छ ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले नेपाल भर्खरै नयाँ युगमा परिवर्तन गरेको बताए ।
उनले नेपालको विकास राजनीतिक र आर्थिक दृष्टिले तीव्र रुपमा अघि बढेको बताए । नेपाल छिमेकी राष्ट्र र सार्क राष्ट्रहरूको मित्रतासँगै अघि बढिरहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालको नयाँ संविधान निर्माण भएको र यसले नयाँ ऐन निर्माण गरी कार्यान्वयनको चरणमा अघि बढेको स्पष्ट पारे ।
अहिले मुलुक आर्थिक परिवर्तन र सुशासनमा अघि बढेको बताउँदै ओलीले नेपालीहरूको चाहना समृद्ध नेपाल र सुखी नेपाली बनाउने दिशामा अघि बढेको बताए । ओलीले राष्ट्रिय चाहनाहरूलाई विकासमा अघि बढाउँदै सामाजिक न्याय र समानता, महिला सशक्तिकरण र पछाडि पारिएका समुदायको उत्थानमा लागि परेको बताए ।
क्षेत्रीय सहयोगका बारेमा स्पष्ट पार्दै ओलीले नेपाल दक्षिण एसियाको साक्षर मुलुक, ऐतिहासिक सभ्यता र विविधिकरण भएको देशका रुपमा चिनाए । उनले सगरमाथाको शिरदेखि बंगालको खाडीसम्मका विविधता नेपालमा रहेको बताए । उनले नेपालले विकासको गति लिनसक्ने बताउँदै क्षेत्रीय सहयोगको प्रवद्र्धनमा अघि बढ्ने बताए । अब नेपाल कुनै पनि हालतमा पछि नहट्ने, कोही पनि पछि नहट्ने स्पष्ट पारे ।
ओलीले मुलुकमा लगानी भिœयाउने प्रयास गरिरहेको बताए । उनले प्रविधिको प्रयोग र हस्तान्तरणका साथै सार्क मुलुकहरुमा सम्पर्क (कनेक्टिभिटी) विकास गर्ने बताए । उनले एसियाली राष्ट्रहरुमा व्यापार र सम्बन्ध विस्तार गर्ने प्रयास भइरहेको बताए ।
उनले काठमाडौंमा विमस्टेक सम्मेलन सम्पन्न गरेको भन्दै उनले नेपालको सम्बन्ध सार्क मुलुकसँग मात्र नभएर थाइल्याण्ड र म्यानमारजस्ता देशहरुसँग रहेको उल्लेख गरे । उनले यी देशहरुसँग व्यापारसँगै अन्य सम्बन्ध पनि स्थापित गर्ने बताए ।
ओलीले अहिले नेपालको विकासका लागि भारतसँग स्थलमार्ग र जलमार्गलाई जोड्ने काम भइरहेको र मुलुक तीव्र विकास निर्माणको चरणमा रहेको स्पष्ट पारे ।