रङ्गेली/ ‘कम्युष्टि सरकारको चमत्कार महंगी,बलत्कार भ्रष्टाचार’ को नारा सहित काँग्रेस भ्रातृ संगठन तरुण दलले प्रदेश १ बाट विरोध प्रददर्शन सुरु गरेको छ । तरुण दलका केन्द्रीय नेताको उपस्थितिमा मंगलबार विराटनगराबाट सुरु भएको आन्दोलन क्रमश सातै प्रदेशमा गर्ने भएको हो ।
विरोध सभामा नेपाल तरुण दलका केन्द्रीय सभापति जितजंग बस्नेतले निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानले गृहमन्त्री पुत्र तर्फ औंला ठडिएको आरोप लगाए । उनले अपराधिलाई कानुनी दायरामा ल्याउन माग गरे ।
सरकारलाई भ्रष्टाचारमुक्त बनाउन दबाव दिने उद्देश्यले तरुण दल आन्दोलन लिएर सातवटै प्रदेशमा पुग्ने नेताहरुले बताए ।
भ्रष्टाचारमा सरकार नै फसेकोले यसको विरोधमा सडकमा आउनु परेको र समृद्धिको कुरा गर्ने सरकार असफल बन्दै गएको दाबी गरे ।
विराटनगरको शनिबाटबाट विरोधसहित शुरु भएको जुलुस महेन्द्र चौकमा आई विरोध सभामा परिणत भएको थियो । सभामा सहभागी हुन प्रदेश १ का चौधवटै प्रदेशबाट तरुण दलका कार्यकर्ता विराटनगरमा भेला भएका थिए । तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले सुशील कोइराला र गिरिजाप्रसाद कोइरालाको नामका अस्पताल खारेज गरिए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
विरोध सभामा तरुण दल सुनसरीका सभापति सिजन गुरुङ, झापाका सभापति गोपाल तामाङ, मोरङ काँग्रेसका सचिव नागेश कोइराला, तरुण दलका केन्द्रीय सदस्य रंजित झा र मोरङ सभापति सञ्जय थापाले सम्बोधन गरेका थिए ।