उर्लाबारी / मोरङ बेलबारी नगरपालिका– ११ मा आज बिहान ग्यास भरिएको ड्रम पड्किएर एक मजदूरको मृत्यु भएको छ । सोही स्थानमा रहेको बस्नेत ग्रिलमा काम गर्दै आइरहेका ३७ वर्षीय मनिष बराईलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिए ।
वेल्डिङको काम गर्ने क्रममा ड्रम पड्किएर शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका बराईलीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ड्रम पड्किएर मजदूरको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































