पथरी /एक नम्बर प्रदेशको नाम किरात प्रदेश नभए आन्दोलन गर्ने किरात राई यायोक्खाका नेताहरूले चेतावनी दिएका छन् ।
सोमबार यायोक्खा जिल्ला कार्य समिति मोरङले कानेपोखरीस्थित साकेला थानमा आयोजित यले सम्वत–५०७९ को शुभकामना आदान–प्रदान कार्यक्रममा यायोक्खा केन्द्रीय उपमहासचिव तिलकप्रसाद राई, केन्द्रीय सदस्य अर्जुन जम्नेली राई, पूर्व केन्द्रीय सदस्य बुद्धि चाम्लिङ, जिल्ला अध्यक्ष नवीन राई लगायतले किरात प्रदेश नराखे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
प्रदेशको नाम भूगोल, सभ्यता र इतिहासको आधारमा किरात राखिनु पर्ने उनीहरूको भनाइ थियो । किरात शब्द कुनै जातीय नभएको वक्ताहरूको जोड थियो ।
प्रदेश १ का सरकार प्रमुख, सभामुख, प्रदेश सभासदस्यहरूलाई समेत किरात राज्य नामकरणको लागि ज्ञापन–पत्र बुझाई सकेकाले किरात नाम राख्न कन्ज्युस्याइ गर्नुपर्ने कुनै करण नरहेको यायोक्खा केन्द्रीय उपमहासचिव तिलकप्रसाद राईले बताए ।































