धनकुटा/ तेस्रो वैकल्पिक शक्तिको रूपमा पहिचानवादीबीच एकीकरण हुने तयारी भएको राष्ट्रिय जनमुक्ति पार्टीका सङ्घीय अध्यक्ष केपी पालुङ्बाले बताएका छन् ।
पार्टीको २८ औं स्थापना दिवस कार्यक्रमको अवसरमा अध्यक्ष पालुङ्बाले आइतबार उनले काङ्ग्रेस नेकपाले जबर्जस्ती दुई वटा पार्टी बनाउन खोजे पनि अर्को पहिचानवादीहरूको वैकल्पिक पार्टी निर्माण हुने बताएका हुन् ।
उनले एकीकरणको लागि सङ्घीय समाजवादी फोरम, राजपा, सङ्घीय लिम्बुवान पार्टीसँग संवाद भइरहेको बताए । तर, नीतिगत तथा वर्तमान संविधानका अन्तर्वस्तुबारे स्पष्ट हुन बाँकी रहेकाले छलफल जारी रहेको उनले बताए । जनमुक्तिले धर्म निरपेक्षको पक्षमा अडान रहेको उनले बताए ।
कार्यक्रममा सुनसरी जिल्ला अध्यक्ष विवेक राईको अध्यक्षतमा सम्पन्न २८ औं स्थापना दिवश तथा शुभकामना आदान–प्रदान कार्यक्रममा अनुशासन तथा मूल्याङ्कन विभाग सह–संयोजक तीर्थ राई, सङ्घीय परिषद सदस्य विष्णु थाम्देनलगायतले शुभकामना मन्तव्य गरेका थिए ।
पार्टीको धनकुटा समितिले पनि मुलघाटमा वृद्धवृद्धाहरूलाई फलफूल वितरण गरेको छ । पार्टीका सङ्घीय परिषद सदस्य लोक आङ्ग्लाको प्रमुख उपस्थितिमा फलफूल वितरण गरिएको हो ।