विराटनगर/ अदालतले गरेको फैसलालाई प्रभावकारी कार्यन्वयन गराउने उद्देश्यले सर्वोच्च अदालतले विशेष अभियान चलाएपछि मोरङ प्रहरीले अहिले फरार अभियुत्तहरु धमाधम पक्राउ गर्न थालेको छ ।

विभिन्न अपराध गरी लामो समयदेखी फरार भएका अभियुक्तलाई विभिन्न स्थानबाट पक्राउ गरी प्रहरीले अदालत बुझाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले पुस महिनामा मात्रै ३ सय २६ जना फरार अभियुक्तलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले पक्राउ गरेको फरार अभियुक्तहरु चोरी गर्ने देखिको कर्तब्य ज्यानसम्मका रहेका छन् । उनीहरुले अपराध गरि लामो समयदेखी फरार रहेका अभियुक्तलाई विभिन्न स्थानबाट पक्राउ गरि प्रहरीले अदालत बुझाएका हुन् ।

सर्वोच्च अदालतले घोषणा गरेको फैसला कार्यान्वयन वर्षलाई परिणाममुखी बनाउन प्रहरीले अपरेसन सुरु गरेको थियो ।

मोरङ प्रहरीले जिल्ला अदालत तथा उच्च अदालतबाट फैसला भएको तर कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेकाहरुलाई पुसमा मात्र ३ सय २६ जनलाई पक्राउ गर्न सफल भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनीहरुबाट प्रहरीले ७४ लाख ६७ हजार ५ सय ९१ रुपैयाँ जरिवाना असुल गरेको छ । प्रहरीले मंसिर महिनामा २३ जना मात्रै पक्राउ गर्न सफल भएको थियो । मंसिर पुसमा ३ सय ४९ जनालाई पक्राउ गरेको छ । प्रहरीले फरार अभियुक्त पक्राउ गर्न सादा पोशकमा समेत प्रहरी परिचालन गरेको थियो ।

पक्राउ भएका व्यक्तिहरू चोरी, कर्तब्य ज्यान, लागुऔषध, ठगीलगायतका विभिन्न मुद्दाहरूका फरार हुन् । यस्तै प्रहरीले चालु आर्थिक वर्षको साउनमा १ जना, भदौमा ७ जना, असोजमा १० जना पक्राउ गरेको थियो । कार्तिक महिनामा भने फरार अपराधि १ जना पनि पक्राउ गर्न प्रहरीले सकेको थिएन ।

कैद सजाएर पाएर फरार भएका अभियुक्त पक्राउ गर्न इप्रका रङ्गेली अगाडी रहेको मोरङ प्रहरीले सार्वजानिक गरेको अभिलेखले देखाएको छ । पुस महिनामा सबैभन्दा बढी रंगेली प्रहरी कार्यालयबाट १ सय १५ जना फरार अपराधि पक्राउ गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यस्तै जिल्ला प्रहरी कार्यालयबाट ४ जना, इलाका प्रहरी कार्यालय उर्लाबारीबाट २३ जना, इलाका प्रहरी कार्यालय पथरीबाट २२, इलाका प्रहरी कर्यालय लेटाङबाट ८ जना, बेलबारीबाट २३, वडा प्रहरी कार्यालय (क) विराटनगरबाट २४, इलाका प्रहरी कार्यालय रानीबाट २१, सिजुवाबाट ३, वडा प्रहरी कार्यालय (ख) हाटखोला र हरैंचाबाट २९ जना, इलाका प्रहरी कार्यालय नेमुवाबाट १६ जना र इलाका प्रहरी कार्यालय मझारेबाट ९ जना फरार अपराधिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ गर्ने भएपछि फरार भएका अभियुक्तहरु आफै अदालतमा भएर जरिवाना तिर्ने गरेको समेत बताइएको छ । कैद भुक्तान नगर्ने र न्यून जरिवना भएका अभियुक्तहरु अदालत हाजिर भएर आफनो लागत कट्टा गदै आएको अदालले जनाएको छ ।