भद्रपुर/पछिल्लो समय जनपथ प्रहरीले भद्रपुर क्षेत्रबाट धमाधम तस्करीका सामान बरामद गर्न थालेको छ ।

केहीदिन अघि पाँचलाख मूल्य बराबरको अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको सामान बरामद गरिसकेको प्रहरीले पुनःएकलाख नब्बे हजार मूल्य बराबरको तयारी कपडा बरामद गरेको छ ।

भद्रपुर ५ मेची किनारबाट वडा प्रहरी कार्यालय भद्रपुरले कपडा बरामद गरेको जनाएको छ । आइतबार विहान १०

बजे नेपाल भित्र्याउँदै गरेको चारपोका तयारीकपडा वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर यमकुमार श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले बरामद गरेको प्रहरीले जनाएको छ ।

भारतबाट तस्करीको माध्यमद्धारा नेपाल भित्र्याइएको सर्ट ,जुत्ता चप्पल, जिन्स ज्याकेट लगायतका सामान रहेको वडाका इन्सपेक्टर श्रेष्ठले जानकारी दिए ।

बरामद सामग्रीलाइ आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार बुझाइएको उनले जनाए ।

लगायत मातहत बिभिन्न युनिटहरुबाट खटिएको गस्ती टोलिले झापा जिल्ला स्थित बिभिन्न सीमा ईलाकाहरुबाट अबैध रुपमा निकाशीरपैठारी गरी भन्सार छली ओसार-पसार गर्दै गरेको अबस्थामा निम्नानुसारको मालसामानहरु बरामद गरी आवश्यक कारबाहिको लागि भन्सार कार्यालय दाखिला गरिएको ।

त्यैगरी सशस्त्र प्रहरीले भारतीय कुखुरा र कपडा गरी एकलाख २४ हजार मूल्य बराबरको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बाहुण्डाँगीले ५९ हजार मूल्य बराबरको लत्ताकपडा र सोही बलको टाघनडुब्बाले ६५ हजार मूल्य बराबरको भारतीय १ सय ३० थान कुखुरा गरी उक्त मूल्य बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर झापा गण नम्बर-२ का डिएसपी ओजेस ओलीले बताए ।

बरामद कपडालाइ आइतबार मेची भन्सार कार्यालय काकँडभिट्टा बुझाइएको डिएसपी ओलीले जानकारी दिए । बरामद गरिएका तीनसय २५ किलो कुखुरालाइ छोटी भन्सार कार्यालय लसुनाका प्रतिनिधि, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि¸ बजार ब्यवस्थापन समितिका प्रतिनिधिको रोहोवरमा कार्यालय परिसर भित्र खाल्डो खनी नष्ट गरिएको उनले जनाए ।