धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिकाको वडा नं.६ नाम्जेमा माघे संक्रान्तिपर्वको समापनको रात साँगुरीगढी गाउपालिका वडा नं. २ का वडा अध्यक्ष र प्रहरीको उपस्थितिमा भएको दोहोरो झडपमा घाइते भएका दुवै पक्षले आवश्यक कार्वाही गरिपाउँ भन्दै जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेरी दिएका छन् । ।
भेडेटारको नाम्जेमा पहिलो पटक आयोजना भएको माघे संक्रान्ती महोत्सव समापनको साँझ माघ २ गते मध्य राती मादकपदार्थ सेवन गरी एक आपसमाझै झगडा हुँदा ३ जना गम्भिर घाइते भएका थिए । सो झडपमा परि साँगुरीगढी गाउँपालिका वडा नं.६ का वडाध्यक्ष दिपक मगर पनि गम्भिर घाईते भएका छन् । उनकाअनुसार धरान घर भएका ४/५ जनायुवाहरुले २ गते साँझ मादक पदार्थ सेवन गरी झगडा गरे पछि सम्झाउने क्रममा उल्टै आइलागे पछि दोहोरो हानाहान भएको वताए । उनले घट्ना भएको वेला आफु माथिआई लाग्ने युवाहरु कसैलाई नचिनेको सम्झाउँदा पनि नसम्झे पछि हानाहान भएको वताए ।
महोत्सव स्थलमा पनि झगडा गरेको र सम्झाएर पठाए पछि फेरी पनि नाम्जेको एक होटलमा पुनः झगडा गर्न थालेपछि होटल मालिकले वडाध्यक्षको नाताले वोलाए पछि सम्झाउन जाँदा उल्टै आफु माथि जाईलागेको मगरले वताए । मगरले ति अपरिचित युवाहरुले शुरुमा आफ्नो टाउको र शरिरको विभिन्न भागमा शिसाको वोतल प्रहार गरेपछि दोहोरा झडप भएको वताए । टाउँकोमा गहिरो चोट लागेकाले अस्पतालमा उपचार गरिरहेको उनले वताए ।
मगरले झगडामा संलग्न युवाको नाम पहिचान गरी कावाश्याक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिएका छन् । ।
दोहोरो झडपमा संलग्नमध्ये धराननगरपालिका वडा नं.१५ घर भएका बलवहादुर लिम्वु, सोही वडाका कुमार राई पनि गम्भिर घाइते भएका छन् । वलवहादुरको आँखा देखिमाथि गहिरो चोट लागेको छ । वोतल प्रहारवाट टाउकोको पछाडीको भागमा काटिएको पिडित लिम्वुकी श्रीमती सुनिताले वताइन । त्यसैगरी अर्का घाईते कुमार राईको दाहिने आँखामा गम्भिर चोट लागेको छ । आँखाको ज्योती गुमेको छ । उनीहरु दुवैको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
यसरी भयो घट्ना
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश १ का सचिवका अनुसार मेला सकिए पछि धरानबाट घुम्न गएका बलबहादुरको समुह होटलको एउटा टेवलमा बसेका थिए । मेलामा केही खेलहरु समेत खेलाउने बलबहादुरको टिममा विवाद भएको थियो । उनीहरुको विवाद अर्को टेवलमा बसेकाहरुलाई डिस्टव भए पछि अर्को टेवलमा बसेकाहरुले गुनासो गरेका थिए । उक्त टेवलमा वडा अध्यक्ष दिपक मगर, प्रहरीका असइ राजकुमार कट्टेलसहितको ९ जनाको टोली रहेको थियो । वडा अध्यक्ष मगरले को हो ठूलो स्वरले बोल्ने भनेर सोध्दा जिस्किएर ‘म धरानको अन्तरे’ भने पछि वडा अध्यक्षले एक्कासी हात लगाएको पीडित बलबहादुर लिम्बुले बताए । उनका अनुसार उनीहरु ४ जना रहेका थिए । एक्कासी बोतल प्रहार भए पछि आफु ढलेको र सबैले मिलेर कुटपिट गरेको पीडित बलबहादुरले बताए । प्रहरीका असइ समेत त्यही हुदासमेत घट्नालाई मिलाउन कुनै भूमिका नखेल्नु प्रहरीको कमजारी भएको मजदुर संगठनका प्रदेश सचिव बाँनियाले बताए ।
वडा अध्यक्ष जस्तो मान्छेले झगडा गर्नेहरुलाई प्रहरीलाई बुझाउन छाडेर आफै हातपात गर्न उत्रिनु गैरजिम्मेवार भएको उनको भनाई छ ।
कारवाहीका लागि प्रहरीमा दुवै तर्फबाट जाहेरी
आइतबार पीडितको तर्फबाट जिल्ला प्रहरी कार्यालय धनकुटामा वलवहादुरकी श्रीमती सुनिता लिम्वुले साँगुरीगढी गाउँपालिका वडा नं.६ का वडाध्यक्ष दिपक मगरसहित अन्य १० जनालाई आवश्यक कानुनी कार्वाहीको माग गर्दै आइतवार किटानी जाहेरी दिएका छन् । यता वडा अध्यक्षसहितले पनि बलबहादुर र कुमार विरुद्ध जाहेरी दिएको बताइएको छ ।
जाहेरी लियो प्रहरीले तर दर्ता गरेन
यता प्ररहीले जाहेरी लिए पनि दर्ता नगरेको पीडित पक्षको आरोप छ । तर जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर सुरज खड्काले दुवै पक्षको घाउजाँच गरि अनुसन्धानको प्रक्रियामा रहेको बताए ।

तस्विरमा घाइते कुमार र बलबहादुर । तस्विरः लक्ष्मी बाँनिया