पथरी / उर्लावारीका पत्रकार तेजन खडका माथी हातपात गरेको आरोपमा उर्लाबारी नगरपालिका वडा नम्बर ९ का अध्यक्षका छोरा पक्राउ परेका छन् । उर्लाबारी ९ का अध्यक्ष बमबहादुर फ्याकका छोरा कमल फ्याकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मादक पर्दाथ सेवन गरेर खडकाको घर पुगेका फ्याकले पत्रकार खडका माथी आक्रमणको प्रयास गरेको थिए । खडका माथी आक्रमण गरेपछि छेक्न खोज्दा फ्याकले खड्काकी आमलाई समेत कुटपिट गरेको पीडित खड्काले जानकारी दिए । अनुदानको मकैको बीउ पैसा लिएर बिक्रि गरेको भन्ने समाचारको विषयलाई लिएर उनी माथि आक्रमण भएको हो । उनी राती पत्रकारको घरमा पुगेका थिए । घट्नाको नेपाल पत्रकार महासंघ मोरङ्ग, प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएको छ ।