धरान / भारतको हरीद्वार गएका दुई नेपाली ८ दिन देखि बेपत्ता छन् । उनीहरु हरिद्वार पुगेर फर्कने क्रममा बेपत्ता भएका हुन ।
उनीहरु नारायण नगरपालिका दैलेखका ४० बर्षीय भक्तबहादुर कटवाल, ३४ बर्षीय चक्रबहादुर सुनुवार रहेका छन् ।
स्थानीय खगिसारा सुनारका अनुसार उनीहरुले ८७ हजार भारु लिएर गएका थिए । गएको ५ औं दिन चक्रबहादुर परिवारको सम्पर्कमा आएका थिए । त्यस पछि दसर्व जना सम्पर्क विहीन छन् । चक्रले फोन सम्पर्कमा आफुहरु लुटिएको बताएका थिए । उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको दैलेख प्रहरीले जनाएको छ ।