झापा/ झापाको अर्जुनधारा १० मा एक व्यक्तिले छिमेकी एकजना महिलालाई खुकुरी प्रहार गरी आफुले आत्महत्या गरेका छन् ।अर्जुनधारा १० बस्ने वर्ष ४० वर्षिय खडानन्द पौडैलले स्थानीय जमुना ओझालाई शनिबार बिहान ५ बजे खुकुरी प्रहार गरेर गम्भिर घाइते बनाएका थिए ।
उनको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । घाइतेको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।
खुकुरी प्रहारलगत्तै ओझाको घर पछाडि गएर सोही खुकुरीले आफुलाई पनि रेटेर आत्महत्या गरेको स्थानीय भुपेन्द्र न्यौपानेले बताए । घटनास्थलमा प्रहरी पुगिसकेको बताएको छ । बिवादको कारण हालसम्म पत्ता लाग्न सकेको छैन ।