सिरहा । सिरहाको सिमावर्ती सुखचैनामा गोली प्रहार गरी एक जनालाई पक्राउ गरेको छ ।
सिरहा नगरपालिका १५ सुखचैनामा प्रहरीको गस्ती टोलीले गोली प्रहार गरी सिराहा नगरपालिका वडा नं. ९ का प्रमोद यादवलाइ पक्राउ गरेकाे हाे । उनी स. ६ प. ६१४० नम्बरको एफजेड मोटरसाइकलमा हतियार बोकी भारतबाट नेपालतर्फ आउदै छन् भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको टाेलीले पक्राउ गरेकाे थियाे ।
जिल्ला सिराहा नगरपालिका सिराहा-२१ स्थित सुखचैनामा यादव चढी आएको उक्त नम्बरको मोटरसाइकल रोक्न खोज्दा यादवले प्रहरी टोलीलाई कटुवा पेस्तोल ताकेकोमा प्रहरीद्वारा जवाफी फायर हुनगई यादवको दाहिने हातमा गोली लागेको छ । पक्राउ परेका यादवसँग एक थान कटुवा पेस्तोल बरामद भएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसंधान गरिरहेको प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले बताए ।