पेट दुखी रेहेको छ भने औषधि पसलबाट दुखाइ कम गर्ने औषधिले दुखाइ तत्कालै त कम गर्ला यदि एपेन्डिसाइटिस छ भने र एपेन्डिक्स फुटेमा मानिसको मृत्यु पनि हुन सक्छ । त्यसर्थ, आफ्नो स्वास्थ्यप्रति आफै जिम्मेवार हो ।

एपेन्डिक्स दाहिने कोखाभन्दा अलिकति तल कुनै पनि कारणले सुन्निन गएमा त्यसलाई एपेन्डिसाइटिस भनिन्छ केही भाइरस,ब्याक्टेरिया आदि एपेन्डिक्स मानव शरीरमा पेटभित्र दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठूलो आन्द्रा जोडिएको भागको पछाडिपट्टि रहेको अङ्ग हो । यसको उपचार हुन नसके एपेन्डिक्स फुटेर पेरीटोनाइटिस भएर मृत्यु हुने गरेको पाइन्छ ।

लक्षणहरु

पेटको दुखाइः
नाइटो वरिपरिबाट शुरु भएको दुखाइ बिस्तारै दाहिने कम्मरको माथि सर्न थाल्छ ।

वान्ता हुनुः
एक वा दुईपटक वान्ता हुन पनि सक्छ । ज्वरो ससय डिग्रीसम्म ज्वरो देखिन्छ ।

जाचहरु ः

रगत को परीक्षण,अल्ट्रासाउन्ड, एक्स–रे, सिटी स्क्यान र विभिन्न किसिमका स्कोरिङ प्रणाली प्रयोग गरी रोगको अवस्था पत्ता लगाउन मदत गर्छ ।

उपचार
एपेन्डिसाइटिसको शल्यक्रिया रोगीको अवस्था हेरेर घाउ बनाएर वा प्वाल पारेर (ल्याप्रोस्कोपी विधिबाट) उपचार गरी केही दिनको आरामपछि निको हुन्छ । छिटो उपचार भएन भने एपेन्डिक्सको वरिपरि मासु तथा आन्द्रा गाँजिएर डल्लो बन्न सक्छ, एपेन्डिक्स फुटेमा उपचारमा झन् जटिलता थपिन्छ ।

समयमा उपचार र चिकित्सकको सलाय लिए भने मानिसको मृत्यु बाट हामी बचाउन सकिन्छ । यदि बाल बालिकामा यस्तो  एपेन्डिसाइटिस छ भने तपाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरानमा डा.राजेश साह बाल सर्जनसँग उपचार र ओपेरशन गरानु सकिछ । 

बालरोग बिशेषज्ञ, उप-प्राध्यापक ,बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ,धरान