संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका-३ लुम्ङदियाबाट मृगको छाला सहित १ जना पक्राउ परेका छन् । बिशेष सुचनाको आधारमा प्रहरी चौकी ताम्कुबाट खटिएको प्रहरी टोलीले स्थानीय उत्तम कुमार राईको घर खान तलासी गर्ने क्रममा घरको पूर्वपट्टी टिनको छाप्रोमा लुकाई छिपाई राखेको अवस्थामा १ थान मृगको छाला बरामद गरेको हो । प्रहरी टोलीले घर धनी उत्तमकुमार राईलाई समेत पक्राउ गरी आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय खाँदवारीमा बुझाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।