बनियानी / झापाको कमल गाउँपालिका र भद्रपुर नगरपालिकामा आज दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा पाँचथर लोलीमा गाउँपालिकाका ५० वर्षीय भीमबहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–४ स्थित ज्योतिचोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१ख ४४०७ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको मे१ज १६८१ नम्बरको कार एकापसमा ठक्कर खाँदा कार चालक इलाम फाकफुक गाउँपालिका–१ का २३ वर्षीय अमृत खड्गा र कारमा सवार बुढाथोकी गम्भीर घाइते भएका थिए । 

दुर्घटनाबाट गम्भीर घाइते उनीहरुको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगरस्थित न्यूरो पठाइएको र उपचारको क्रममा आज दिउँसो बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ । कार, बस र बस चालक मोरङ उर्लाबारी–८ का ३५ वर्षीय बलबहादुर विकलाई प्रहरीले नियन्त्रण लिनुका साथै थप अनुसन्धान भइरहेको जनाएको छ ।