धरान / स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको सुनसरी क्षेत्र १(१)को बजेट विनियोजन गरिएको छ ।
क्षेत्र नंं १(१)बाट निर्वाचित प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीको अध्यक्षतामा आइतबार बसेको समितिले माग भएका योजनालाई प्राथमिकीकरण गरेर बजेट विनियोजन गरेको हो । इनरुवामा सम्पन्न सांसद र स्थानीय सरकारका प्रमुखको भेलामा प्राप्त मागका विषयमा छलफल भएको थियो । निर्देशक समितिको छलफल र परामर्श समितिको सुझावका आधारमा २ करोड बजेट विनियोजना गरिएको हो ।
सुनसरी १(१)बाट प्रत्यक्ष निर्वाचित सभामुख भण्डारीका अन्ुसार १६ वटा योजनाहरुमा ५ लाखदेखि २५ लाखसम्म बजेट विनियोजन गरिएको छ । धरान १९ मुनामदन मार्गको ड्रेन तथा सडक निर्माण, धरान १३कमो सूर्य मागृमा कालो पत्रे, धरान ५ देउराली पथको ड्रेन निर्माणका लागि २५/२५ लाख विनियोजन गरिएको छ ।
यस्तै धरान १५ कृष्णपथ ड्रेन निर्माणमा २३ लाख, धरान ९, १२,मा खहरे नियन्त्रणका लागि १२/१२ लाख विनियोजन भएको छ । पानवारी– धरान जोड्ने सडका लागि १० लाख विनियोजन गरिएको छ ।
उक्त कोषको बजेट स्थानीय तहले योजना बनाएर पूर्वाधार कार्यक्रममा मात्र खर्च गर्ने कार्यविधी नै बनेको छ । सम्बन्धित क्षेत्रका माननीय, स्थानीय तहका प्रमुखको साझेदारीमा उक्त खर्च गर्ने प्रावधान अनुसार सुनसरी १(१)ले आइतबार बजेट विनियोजन गरेको हो । सुनसरीमा ४ प्रतिनीधि र ८ प्रदेश सभा क्षेत्रमा विभाजित रहेको छ । प्रदेशको १ नं. क्षेत्रबाट बजेट विनियोजन शुरु भएको हो । प्रतिनीधि सभा पूर्वाधार विकास कोषको बजेट भने यस अघि नै विनियोजन भईसकेका छ । याे क्षेत्र धरान उपमहानगरकाे १७, १८, १९ र २० बाहेका वडाहरू पर्छन ।