भद्रपुर / दुर्घटनामा परी झापामा दुइजनाको ज्यान गएको छ । झापाको माइधारमा विहीबार कार र मोटरसाइकल एक आपसमा ठक्कर हुदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्गको माइधारमा बा १३ च ३१३८ नम्बरको कारले बिपरित दिशाबाट आउदै गरेको मे ४ प ३२ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा ताप्लेजुङ् फुङ्लिग नगरपालिका ४ का २१ वर्षिय सन्जुहाङ् लिम्बू र सोही स्थानका २८ वर्षिय सविन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सन्जुहाङको घटनास्थलमा र सविनको उपचारको क्रममा ज्यान गएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ठक्कर दिने कारसहित चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको डिएसपी श्रेष्ठले जनाए ।