सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ मा सुनसरी बराह क्षेत्रका एक सुन व्यापारीको १० लाख रुपैयाँ लुटपाट भएको छ ।
बराह क्षेत्रनगरपालिका–१ बस्ने २६ वर्षीय निरोज घिमिरेको नगद १० लाख रुपैयाँ लुटपाट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

काठमाडौबाट बा ८३ प ६१८६ नम्बरको मोटरसाइकलमा उनी त्यहाँ पुगृेका थिए । चौहत्तरकिलो भन्ने स्थानमा खाजा खाइरहेको अवस्थामा ३ जनाको समूहमा आएका लुटेराले रकम लुटेको प्रहरीले जनाएको छ । घिमिरेको काठमाडौंमा सुन पसल रहेको बताइएको छ ।