फत्तेपुर / सप्तरीको सप्तकोसी नगरपालिकामास्थानीय जनप्रतिनिधिलेनै करेसाबारमिा गाँजा खेती गरेको पाइएको छ । केही दिन अघि प्रहरीले विभिन्न वडामा रहेको अबैध गाँजा नष्ट गर्ने क्रममा वडा नं. ८ का वडा अध्यक्ष केदार साहको घरमा गाँजा खेति भेटिएको हो ।
सप्तकोसी नगरपालिका को वडा न ५,६,७,८,९,१० र ११ मा लगाइएको गाँजा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले संयुक्त रुप खटि नष्ट गरेको छ ।
लागु औषधको रुपमा प्रयोग गरिने गाँजा सप्तकोसी नगरपालिकाको विभिन्न वडामा व्यवसायिक खेतिको रुप लगाइन्दै आएको भन्ने सुराकीको आधार प्रहरीले नगरपालिकाको सबै वडामा गाँजा नष्ट गर्ने अभियान नै चलाएको फत्तेपुर प्रहरी चौकी प्रमुख उमाशंकर सिंह ले जानकारी दिए । नगरपालिका को विभिन्न वडामा गरि करिब ७ सय बोट गाँजा काटिएको सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प फत्तेपुरका सइ धनकुमार घिमिरेले जानकारी दिए । विभिन्न वडामा काटीएको गाँजा स्थानीयको रोवरमा जलाएर नष्ट गरिएको छ ।
सामाजिक विकृती र युवाहरुलाई कुलत फसाउने लागु औषधको रुपमा रहेको गाँजाले गर्दा बिकृती फैलाउनुका साथै शान्ति सुरक्षामा समेत खलल पु¥याउने भएकाले गाजा नस्ट गरिएको प्रहरी चौकी फत्तेपुर का प्रमुख सिंह ले बताए । ‘सप्तकोसी नगरपालिका स्थानीय जनप्रतिनिधिहरुको घर मा समेत गाँजा खेती भेटिएकोले जनप्रतिनिधिहरुले नै अबैध मानिएको गाँजा खेती र गाँजा खाने गरे पछि जनप्रतिनिधिहरुबाट जनताले के अपेक्षा गर्ने ।’–सई सिंहले भने ।