धरान/ प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले अब छिट्टै नै प्रदेशका नामाकरण र राजधानीको टुंगो लाग्ने बताएका छन् । मन्त्री राईले नेपाल पत्रकार महासंघको ११ औँ साधारणसभाको पूर्व सन्ध्यामा ओयोजित भवन उद्घाटनका अवसरमा यस्तो बताएका हुन् ।
मन्त्री राईले चाडै नै प्रदेश सभा बस्ने बताउदै यही बैठकबाट प्रदेशको नामाकरण र राजधानीको टुंगो लाग्ने बताए । उनले भने ‘हामी छिटै प्रदेश बैठक बोलाउछौ, हिउदे अधिवेशन टुंग्याउछौ यस बैठकले प्रदेशको स्थायी राजधानी र नामाकरण पनि टुंग्याउछौं ।’
उनले प्रदेशको नामाकरण गर्दा संघियताको मर्म, भौगोलिक स्थिति र जनताको चाहना अनरुप नै नामकरण राखिने बताए । उनले स्थायी राजधानी र नामाकरण नेपालका १ सय २५ जाति र १ सय २३ भाषालाई ठेस नपग्ने गरी राखिने स्पष्ट पार ।
फरक प्रंसङ्गमा उनले आफू सञ्चारमन्त्री हुँदा महत्वपूर्ण कामहरुको निर्णय गराएको बताए । उनले भने–म सञ्चारमन्त्री भएको बेला राष्ट्रिय आम सञ्चार नीति र पारिश्रमिक निर्धारणका सम्बन्धमा निर्णय गर्द पत्रकारको स्वास्थ्य सेवा, दुर्घटना बिमा लगायतका कुरामा समेत मैले निर्यण गरेको थिए । कतिको कार्यान्वयन भयो भएन त्यो तपाईहरुले खोज्नुपर्छ ।’
उनले प्रदेश सरकार प्रेसमैत्री भएको बताउदै व्यवसायिक पत्रकारितामा विशेष जोड दिने बताए ।
सो अवसरमा पत्रकारहरुले सरकारले ल्याएका न्यूनतम पारिश्रमकका पत्रकारका साथे व्यवसायिक सुरक्षा प्रदेश सरकारले जोड दिनुपर्ने बताएका थिए । उनीहरुले राज्यका चौथो अंग पत्रकार जगत भएको भए पनि पत्रकार कही कतै सुरक्षित महसुस गर्न नसकिएका धारणा राखेका थिए ।
कार्यक्रममा नपाल पत्रकार महासंघका प्रदेश नं. १ का अध्यक्ष विक्रम लुईटेल, अग्रज पत्रकार हर्ष सुब्बा लगायतले बोलेका थिए भने पूर्व मेयर मनोजकुमार मेन्याङ्गबो, प्रदेश नं. १ की सांसद उमिला बराइलीलेसमेत महासंघ भवन निर्माणप्रति शुभकामना व्यक्त गरेका थिए ।
नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काका अध्यक्षतामा भएका कार्यक्रममा मुख्यमन्त्री राईले रिविन काटेर भवन उद्घाटन गरे ।
२०७२ सालमा अघिल्लो कार्यसमिति अर्थात महासंघका अध्यक्ष केशव घिमिरेको पहलमा तत्कालीन धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले भवन उपलब्ध गराएको थिए ।
एक तला सटरसहितका दुई कोठे भवनको माथिल्ला तल्ला निर्माणका लागि सोही समितिले पहल गरे पछि बराह ज्वेलरी इण्डिट्रज प्रा.लिले १० लाख, नेपाल सरकार सूचना तथा प्रविधि मन्त्रालयबाट ५ लाख , धरान उपमहागनरपालिकाबाट २ लाख र धरान फुटबल क्लबबाट ५० हजार सहयोग प्राप्त भएको थियो ।
भवन निर्माणको लागत २० लाख नाघिसकेको भवन निर्माण समितिका संयाजक एवम् नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले बताए ।
द्द ब्ततबअजmभलतक