धरान । राष्ट्रिय सेवा दलद्वारा सञ्चालित ४५ औं जुनियर डिभिजन तालिममा एकसाथ ५२३ विद्यार्थीहरू कवाज गरेका छन् ।

दोस्रो चरण अन्तर्गतको जुनियर डिभिजन तालिममा प्रदेश १, २ र ५ नम्बरका स्कुलका विद्यार्थीहरू सहभागी थिए । उनीहरूले तीन महिनासम्म राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयमा तालिम लिएका थिए । तालिमको समापनको अवसरमा विभिन्न १५ वटा स्कुलबाट सहभागी विद्यार्थीहरूले एकसाथ कवाज प्रदर्शन गरेका हुन् ।

त्यसक्रममा खोटाङको सरस्वती मावि बेष्ट प्लाटुन घोषित बनेको छ । उत्कृष्ट प्लाटुन घोषित भएको माविलाई सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालय महानिर्देशक उपरथी गौरब तण्डुलले ट्रफी प्रदान गरे । त्यसक्रममा उत्कृष्ट क्याडेटहरूलाई दज्र्यानी चिन्ह प्रदान गरिएको थियो । सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले पनि दज्र्यानी चिन्ह प्रदान गरेका थिए । सहभागी विद्यालय तथा समन्वयकर्ता शिक्षकलाई प्रशंसा पत्र र प्रमाण पत्र वितरण गरियो ।

army-yangsila (2)

उपरथी तण्डुलले यो तालिमले युवा वर्गमा नेतृत्व विकास गर्न सहयोग पुग्ने बताए । उनले युवाहरूबीचमा भएको सिकाइको आधारमा उत्कृष्ट हुने विद्यार्थीहरूले अन्य देशको कार्यक्रममा समेत सहभागी हुने अवसर प्राप्त गर्नेसमेत बताए ।

यसक्रममा दीक्षित विद्यार्थीहरूले नृत्य प्रस्तुत गरे भने खुकुरी ड्रिल, तेक्वान्दो पिटी, एरोबिक्स प्रस्तुति गरेको प्रमुख शिक्षक सेनानी गङ्गा बरालले जानकारी दिए । छनौट भएका विद्यार्थीहरूलाई ७९ दिन स्कुलमै गएर सेवा दलका अधिकारीहरूले तालिम गराएका थिए भने २१ दिन क्याम्पमा रहेर शिक्षाधिकृत प्रमुख सेनानी दीर्घबहादुर चन्दले तालिम प्रदान गरेका थिए ।

यसपटकको जुनियर तालिममा पाचथरको नमूना मावि, पाचथरकै विद्या बरदान इङ्लिस बोर्डिङ स्कुल, इलामका प्रज्ञासदनको एजुकेशनल अङ्ग्रेजी मावि, इलामकै भगवती मावि, खोटाङको सरस्वती मावि, अर्घाखाचीको भगवती मावि, सोही जिल्लाको ज्योती मावि, झापाको वीरेन्द्र मावि, सहीद धर्मभक्त मावि, लिटिलफ्लावर इङ्लिस स्कुल, काकडभिट्टा उच्च मावि, सप्तरीको जनता मावि, महावीर मावि र तेह्रथुमको कालिका माविको विद्यार्थीहरू छनौट भएका थिए ।

army-yangsila (3)