धरान । मिस पूर्वाञ्चलको नवौं संस्करणको ताज झापा भद्रपुरकी पूजा श्रेष्ठले जितेकी छन् ।

धरान–१५ स्थित होटल इजि राइडर्समा शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा उनले प्रमुख निर्णायक मिस नेपाल वल्र्डकी शृङ्खला खतिवडाले सोधेको प्रश्नको सटिक जवाफ दिदै ताज पहिरिएकी हुन् । त्यस्तै धनकुटा हिलेकी अनिला क्षेत्री फष्ट रनरअप बनिन् भने मिस इटहरीसमेत बनिसकेकी तपस्या रणपहेली सेकेण्ड रनरअप बनेकी छन् । प्रतियोगितामा १४ सुन्दरी अन्तिम स्पर्धामा थिए । टप १४ बाट टप १० हुदै टप ५ बाट छनौट गरिएको थियो । अन्तिम पाचमा अनिला क्षेत्री, पूजा श्रेष्ठ, इजिना राई, तपश्या रणपहेली र सस्टिका विसङ्खे पुगेका थिए ।

सिल्भर इन्टरटेनमेन्टको आयोजनामा भएको प्रतियोगितामा विजेताले यामाहा कम्पनीको स्कुटीसहित हङकङ जाने अवसर प्राप्त गरेकी छन् । त्यस्तै विभिन्न टाइटलसमेत प्रदान गरिएको छ । कार्यक्रमको निर्णायकमा मिस नेपाल शृङ्खला खतिवडा, कवि सुदीप पाख्रिन, डाक्टर पप्पु रिजाल, मिस पूर्वाञ्चलकै प्रियंका श्रेष्ठलगायत निर्णायक थिए । उनीहरूले सोधेको प्रश्नको आधारमा मिस पूर्वाञ्चलको ताज पाउने छन् ।