ताप्लेजुङ । पूर्व परराष्ट्रमन्त्रि तथा नेपाली कांग्रेशका सहमहामन्त्रि डा. प्रकासशरण महतले अब नेपाली जनता नाराको पछि नलाग्ने बताएका छन् ।
नेपाल विद्यार्थी संघ ताप्लेजुङको १२ औँ जिल्ला अधिवेशनलाई सम्वोधन गर्दै डा. महतले कम्युनिष्ट सरकारले नारा मात्र दिएको आरोप लगाए । एक वर्ष नहुँदै सरकार प्रति नागरिक असन्तुष्ट रहेको भन्दै उनले नाराले मात्रै देश नचल्ने बताए ।
देश विकासको लागि नाराको पछि भन्दा पनि काम गर्नेको पछि लाग्नुपर्ने भन्दै गाउँ गाउँवाट अव नेपाली कांग्रेसका कार्यकर्ता जागरुक भएर उठ्नुपर्ने आवश्यकता औल्याए । उनले उत्पादनमुखी आर्थिक नीति बन्नुपर्नेमा जोड दिँदै सरकारले समग्र राष्ट्रिय हितलाई महत्व नदिई पार्टीमुखि आर्थिक नीतिलाई मात्र जोड दिएको बताए । सहमहामन्त्री डा. महतले वर्तमान अवस्थामा देशका १० प्रतिशत आर्थिक वृद्धिदर पुग्नुपर्नेमा ६ प्रतिशत पुग्न पनि मुश्किल भएको बताए ।