भद्रपुर/झापाका तीनओटा विद्युत् सव स्टेशनबाट विद्युत् प्रवाह नहुँदा शनिबार दिनभर उपभोक्ता सेवाबाट बञ्चित भएका छन् । बिर्तामोड , भद्रपुर र वनियानी सव स्टेशनबाट विद्युत् प्रसारण नहुँदा उपभोक्ता मारमा परेका हुन् ।

बिर्तामोडस्थित अनारमनी सव स्टेशनमा १३२ केभी प्रसारण लाइन अन्तरगत ३३ केभी भिसिबि, सिटी र १३२ केभीको जिसिबी बदली गरी नयाँ जडान गर्नु पर्ने भएकोले सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रका प्रमुख राम उदार साहले जानकारी दिए ।

विर्तामोड,भद्रपुर, वनियानी सव स्टेशनबाट प्रसारण हुने स्थानमा दिनभर लाइन नआएको उनले बताए । शनिवार विहान ७ बजेदेखि अवरुद्ध भएको विद्युत् अपरान्ह् साँढे चारबजे सुचारु भएको थियो ।