मधुमल्ला/ नेपाली कांग्रेसका केन्दीय सदस्य तथा प्रभावशाली नेता डा.शेखर कोइरालाले बर्तमान सरकार संघियता कार्यान्यवन नगर्ने तर्फ उन्मुख भएको आरोप लगाएका छन् ।

शनिबार मोरङ मिक्लाजुङमा नेपाली कांग्रेस मिक्लाजुङले आयोजान गरेको वृहत कार्यकर्ता भेला तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सो कुरा बताएका हुन् । नेपाली कांग्रेस जनताको पार्टी भएकाले सधै जनताका पक्षमा लागि पर्ने बताए । निरन्तर जनताको सेवा गर्ने बताए ।

बर्तमान सरकारले भ्रष्टचार लाई संस्थागत गर्दै जनताको ढाड सेक्न लागि परेको बताए । बर्तमान सरकार ८० प्रतिसत किशान रहेको मुलुकमा किशानका लागि आवस्यकताहरुको समेत प्रवाह नगरी किशानलाई मारेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै घुमाउरो भाषामा हिन्दु राज्य नहुने र धर्म निरपेक्ष राष्ट रहने बताए ।

साथै धर्म निरपोक्ष सम्बन्धी स्पस्ट व्यवस्था संविधानले गरेको र नेपाली कांग्रेसले पनि सबै धर्मलाई समान रुपले हेर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस मोरङ सभापती डिक बहादुर लिम्बुले समग्र नेपाली हरुको हित चाहाने एक मात्र पार्टी भएको दावी गरे । अर्का बक्ता नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापती खड्गबहादुर फागोले नेकपा लाई दुई तिहाईको दम्भमा नलाग्न सुझाए । स्थानीय निकायमा आउने कर्मचारीहरु जनताको सेवा भाव लिएर आए मात्र जनता संग काम गर्न सहज हुने फागोले बताए ।

छायाँ सरकार भन्छ मिक्लाजुङमा जताततै भ्रष्टाचार

यसै बिच नेपाली कांग्रेस मिक्लाजुङ छायाँ सरकारले मिक्लाजुङमा जताततै भष्ट्राचार गरेको आरोप लगाएको छ । उसले मिक्लाजुङका कतिपय योजनाहरुको नामै किटान गरी भष्टाचार भएको आरोप लगाएको छ । योजनाहरुको नाम नै किटान गरी उनिहरुले भष्ट्राचार भएको आरोप लगाएका छन । भष्ट्राचार भएका योजना तथा शिर्षकहरु निम्न छन ।

मिक्लाजुङ वडा नं. १ वडा कार्यालयको भवनमा तला थप ४२ लाख, मिक्लाजुङको गौरबको आयोजना टाँडि रमिते सडक, मिक्लाजुङ वडा नं. ८ को वडा कार्यालय निर्माणमा भवनको नाप नक्सा परिवर्तन, जन प्रतिनिधीहरुलाई मोवाइल खरीद, जनताको सेवामा रकम खर्च गर्नुको सट्टा बिलासी गाडी खरीद र धेरै योजनामा बिनियोजित रकम र खर्च रकम बराबर हुनु भ्रष्टाचारको सबुत भएको बताए ।

ठट्यौली शैलाीमा नेपाली कांग्रेस छायाँसरकार प्रमुख मानबहादुर लाई यस्तै तरिकाले गाउँपालिकाले खर्च गर्दै जाने हो भने अबिवाहित जनप्रतिनीधी भए उनीहरुको बिवाह पनी गाउँपालीकाले नै गरिदीने हो की भन्ने प्रति प्रश्न गरे । कार्यक्रममा नेकपा र राप्रपा परित्याग गरी करिब १५० बढीले नेपाली कांग्रेस प्रवेश गरेका थिए । कार्यक्रम नेपाली कांग्रेस मिक्लाजुङ सभापती सेमन्तराज दाहालको सभापतित्वमा सम्पन्न भएको थियो ।