धनकुटा/ धनकुटा नगरपालिका वडा नं.६ घर भै पाख्रीवास स्थित् जलकन्या प्राथमिक विद्यालयका प्रधानाध्यापक अम्वर वहादुर पाण्डेले आफु विद्यलायवाट फर्कने क्रममा बुधवार ४.३० वजे हातपात भएको बताएका छन् ।

पाण्डेले आफु विद्यालयबाट फर्किएर घर आउने क्रममा पाख्रीवास नगरपालिका वडा नं.२ जौटार सामुदायिक वनको बाटोमा आई पुग्दा थर, वतन थाहा नभएको तिन युवाले हातपात गरेको बताए ।

उनीहरुले पाण्डेको शरिरमा जताभावी कुटपिट गरेको, यौन अंङ्ग काटेर पोलेर खाने भन्दै छातीमा समाएर लछारपछार गर्नुको साथै र मोवाईल समेत खोसेर गालीगलोज गरेको बताईएको छ । उनीहरुले आफुहरु प्रहरीको सिआईडी भएको भन्दै धम्क्याएको पाण्डेले बताए ।

प्रअ पाण्डेले सार्वजनिक बाटो घाटो ढुकेर आफु हिडिरहेको वेला दुःख दिने र गालीगलौज गरी मनपरी गर्नेे घट्नामा संलग्न तिन युवालाई कानुन् बमोजिम कार्वाही गर्न बुधबार नै जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेरी दिएका छन् ।

उनले सार्वजानिक अपराध गर्ने कसुरको दफा ६७ बमोजिम आफुले नपाएको अहोदालाई जनमानसमा भ्रम सृजना गरी अशान्ती फैल्याउने तिनै जनालाई कडा भन्दा कडा कार्वाहीको माग गरेका छन् ।

प्रहरीले घट्ना पछि पाण्डेले दिएको निवेदनको आधारमा तत्काल घटना स्थलमा खोजतलास गर्दा मादक पदार्थ सेवन गरेर सार्वजानिक स्थल बाटोमा बसेर हुलहुज्जा गरी अशान्ती फैल्याउन खोज्ने ३ जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा पाख्रीबास नगरपालिका वडा नं.६ बस्ने वर्ष २४ को लोकबहादुर विशंखे, धनकुटा नगरपालिका वडा नं.१ हिले वस्ने वर्ष १९ को सविन सार्की र सुनसरी जिल्ला इटहरी नगरपालिका वडा नं.२० बस्ने रामबहादुर विशंखे रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले विहिबार नै सार्वजानिक अपराध अन्तर्गत मुद्धा दायर गरिसकेको जिल्ला प्रहरी कार्यालय धनकुटाका इनेस्पेक्टर सुरज खड्काले बताएका छन् ।