धरान / कोशी राजमार्गको धरान धनकुटा सडक खण्डमा पर्ने धरान–१३ स्थित आँपगाछीमा यात्रुवाहक बस पल्टिदा १५ जना घाइते भएका छन् । चैनपुरबाट धरानतर्फ आउदै गरेको ना ५ ख २०० नम्बरको यात्रुवाहक बस धरान १३ आँपगाछीमा साँझ दुर्घटना हुदा ४ महिला एक बालक र १० पुरुष घाइते भएका हुन् ।
घाइते हुनेहरुमा महालक्ष्मी ८ धनकुटाका मदन भण्डारी, विराटगरकी गंगा दाहाल, मादी संंखुवासभाका मनिष तामाङ्ग, पाँचखपन संखुवासभाका सोमबहादुर तामाङ्ग, बराह नगरपालिकाका बलबहादुर विक., संखुवासभा चैनपुरका गौरव डागी,फावेङ संंखुवासभाका खगेन्द्र लिम्बसु, मादी ९ संखुवासभाका इन्द्रमान लिम्बु, तामाफोक संखुवासभाका हर्कमान जिमी, साही ठाउका दिलबहादुर जिमी, नागी डाडा संखुवासभाका अनिष तामाङ्ग, नुनढाकी चैनपुरकी सता लिम्बु लगायत रहेको विपी प्रतिष्ठान प्रहरी चेकपोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक तिलक गिरीले जानकारी दिए । घाइतेहरु धेरैजसोको अनुहारमा चोटपटक लागेको, हात भाचिएको, कुममा खुस्किएको पाइएको उपचारमा संलग्न चिकित्सकहले बताएका छन् ।
घाइतेहरुको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानधरानमा उपचार भइरहेको छ । धरान भेडेटारको बीचमा पने आपगाछीमा बस अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।