धरान / तेह्रथुमस् तेह्रथुम र संखुवासभामा भारीमात्रामा हिमपात भएको छ । शुक्रबार मध्यान्हबाट हिमपात सुरु भए पछि तीनजुरे मिल्के जलजले क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेका छन् । अहिले पनि हिमपात जारी रहेको छ ।

दशकपछि यी जिल्लाका तल्लो क्षेत्रसम्म पनि हिमपात भएको ब्लाष्ट खवरकर्मी कृष्ण विदुखी गौतमले जानकारी दिएका छन् । उनका अनुसार तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका तीनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडा, मिल्के लगायत क्षेत्र हिउँले ढाकेको छ । यी क्षेत्रमा अघिल्ला वर्षहरुमा यो भन्दा ढिलो मात्रै हिमपात हुने गरेको थियो । पछिल्लो दशकसम्म हिमपात नभएका तेह्रथुमका बसन्तपुर, जिरिखिम्ती, लसुने, घुर्मिसे, सिमिनाक्सी लगायत क्षेत्रमा पनि हिमपात भएको छ । चौकीदेखि माथिको क्षेत्रमा दिउँसोबाट दूई फिट हिमपात भएको बताइएको छ ।

him pat

हिउँ खेल्लेको भीड 

हिउँ खेल्न जिल्लाका तल्लो क्षेत्र र धनकुटा, धरानदेखिसमेत सयौँको संख्यामा पुगेका छन् । ओयाक्जुङ, श्रीजुङ, मोराहाङ, आम्बुङ, म्याङलुङ, सोल्मा, सुङनामलगायत बस्तीहरुमा समेत बाक्लो हिउँ परेको छ ।

एकसाथ वर्षा र हिमपात भएका कारण चिसो पनि बढेको स्थानीयले बताए । हिमपातले जन जीवन कष्टकर भएको छ ।