तेह्रथुम /राजनैतिक दलका अगुवाहरुको दवावका कारण अपराधीहरुले उन्मुक्ती पाउने गरेकोे म्याङलुङमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
जिल्ला प्रह्ररी कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले समाजका दोेषीहरुलाई कानुन अनुसारको कार्वाही हुनबाट नेता तथा जनप्रतिधीहरुले बचाउने गरेको बताएका हुन् । कार्यक्रममा बोल्दै मावन अधिकारकर्मी टंकमाया लिम्बुले आफ्नो अधिकार र न्यायलाई पैसा एवं गरिवी संग साटिनु दुखद भएको टिप्पणी गरिन् ।
कार्यक्रमका अर्का सहभागी तुलसा कार्कीले सर्वसाधारणका लागी प्रहरी जुनसुकै बेला पनि तैनाथ हुनमा कन्जुस्याई गर्न नहुने सुझाव राखिन् । मेन्छ्यायेम गाउपालिकाका अध्यक्ष यादब बहादुर खापुङले समाजमा अपराध न्यनिकरण हुनका लागि व्यक्ती पहिले आफै सचिन आवश्यक रहेको तर्क राखे ।
नेपालका नेताहरुले कानुनको पालना नगर्ने गरेको बताउदै खापुङले महिला अधिकारको समेत दुरुपयोग भईहेको उल्लेख गरे । म्याङलुङ नगरपालिकाका उपप्रमुख पार्वती सानु डाँगीले अपराधमुक्त समाज निर्माणका लागी सबै नागरिक जिम्मेवार हुनुपर्ने बताईन् ।
सबै नागरिक सचेत भएमा गाउँमा अपराधिक घटना कम हुदै जाने उपप्रमुख डाँगीको भनाई थियो । त्यस्तै जिल्ला समन्वय समितीका प्रमुख शिव ढुंगानाले जनताको पहरेदार नै प्रहरी भएकाले सबै कार्यमा प्रहरी संग समुदायले साझेदारी गरेर अगाडी बड्नुपर्ने बिचार व्यक्त गरे ।
कार्यक्रममा सहभागीबाट आएका सल्लाह सुझाव र प्रतिक्रियालाई आत्मसाथ गर्दै सुधार गरिने प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईको अध्यक्षतामा सम्पन्न भएको हो ।