सिरहा/ सिरहाको मिर्चैया नगरपालिका १० गाउँ (पिपरा) स्थित एलानी जग्गा व्यक्तिको नाममा दत्र्ता भएको पाइएको छ । उक्त ऐलानी जग्गामा दलित बस्ती बस्दै आएका थिए ।
पिपराको २ बिघा १४ कठ्ठा जग्गा व्यक्तिको नाँममा कायम भएपछि दलित बस्ती उठिबास लाग्ने स्थिति बनेको छ । २००८ सालमा खटिएको विशेष नापी टोलीले कित्ता नम्बर २४५ को ९ कठ्ठा १९ धुर र कित्ता नम्बर २५० को १ बिघा १ कठ्ठा १५ धुर र कित्ता नम्बर २४९ को १० कठ्ठा १३ धुर जग्गा ऐलानी कायम गरेको थियो ।
२०५८ सालमा गठित सुकुम्वासी आयोगले सो जग्गा साविक दुर्गापुर गाविस–३ निवासी सत्तिस कुमार महतोको नाँउमा नापी भएको पाइएको हो । उक्त जग्गामा बस्दै आएका करिब ७० विपन्न परिवार बस्दै आएको स्थानिय राअवतार मरिकले बताए ।
सरकारी एलानी पर्ति जग्गामा वर्षौदेखि बस्दै आएको स्थानिय युवा अगुवा नेता रामदयाल यादबले बताए । यादबका अनुसार उक्त जग्गा भित्र करिब १५ कठ्ठामा रहेको पोखरी एलानी पर्ति भनेर तात्कालीन गाविसले ठेक्का पट्टा लगाउदै आएको थियो ।
स्थानियले उक्त जग्गा व्यक्तिको नाँउमा नापी भएको जानकारी पाएपछि स्थानीय रामअवतार मरिक डोमसहित ४ जनाले महतो र सुकुम्वासी आयोगलाई विपक्षी बनाई २०७२ चैत्र १५ गते जिल्ला अदालत सिरहामा मुद्दा दर्ता गराएका थिए ।
उक्त मुद्दाको सुनुवाई गर्दै जिल्ला अदालत सिरहाले २०७५ पुस ७ गते सुकुम्बासी आयोगले बाँडेको जग्गालाई सदर गर्दै जग्गा धनी महतो नै कायम रहेको फैसला गरेपछि दलित परिवार थप चिन्तामा परेका छन् ।
वर्षाैदेखि यहाँ बस्दै आएपनि एलानी जग्गालाई व्यक्तिको नाममा गएपछि समस्यामा परेको स्थानियबासीहरुको भनाई छ ।उक्त फैसला बदर गरी हामी न्याय पाँउ भनी स्थानिय वासिन्दाहरु डेलिकेसन लिएर जिल्ला अदालत सिरहामा पुगेका थिए ।































