तेह्रथुम/ बेहुलीलाई सामुहिक कुटपीट गरेको अभियोगमा प्रहरीले स्थानीय १० युवालाई पक्राउ गरेको छ ।

फेदाप गाउँपालिका ३ जलजलेमा केही युवाहरुद्धारा सोमबार राती विवाह मण्डपमा नै बेहुलीमाथि सामुहिक कुटपिट गर्नलाई पक्राउ गरी मुद्दा अघि बढाएको हो । पक्राउ पर्नेहरुमा स्थानीय सरोज लिम्बु, ओमन लिम्बु, दिनेश लिम्बु, सुदीप लिम्बु, मन्दिप लिम्बु, पूर्ण लिम्बु, नविन लिम्बु, खगेन्द्र लिम्बु, सुजन लिम्बु र सनम लिम्बु रहेको प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थपेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पाहुना आएका केटीहरुसँग धान नाच्न स्थानीय युवाहरुले अनुरोध गरेका र नमान्दा ताना तान हुदाँ आवेशमा आएर घटना घटेको पक्राउ परेका केही युवाहरुले बताएको प्रहरीले जनाएको छ । यस बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट २२ वर्षिया बेहुली प्रतिक्षा सम्बाहाम्फे गम्भीर घाईते भएकी छिन् । बैबाहीक समारोह भैरहेका बेला समुहमा आएका युवाहरुले विबाह मण्डपमै बेहुली माथी आक्रमण गरेका थिए । कुटपीटबाट बेहुली सम्बाहाम्फेको टाउकोमा गहिरो चोट लागेको छ ।

युवाहरुको सामुहिक कुटपीटबाट गम्भीर घाईते बेहुलीको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भैरहेको छ । बेहुली सम्बाहाम्फेको पाूचथरको फाल्गुनन्द गाउूपालिका १ नवमीका २२ वर्षिय सचिन आङदेम्बेसँग विवाह भैरहेको थियो ।