तेह्रथुम/ जिल्ला अदालत तेह्रथुमले सवारी मुद्धामा दोषी ठहर्याएका विशाल विश्वकर्मा प्रहरीले पक्राउ गरेको छ ।
सवारी ज्यान मुद्दामा ३ वर्ष ११ महिना ५ दिन कैद सजाय र ७ हजार ५० रुपैयाँ जरीवाना फैसला भएका विकलाई पाँचथरको फिदिम बजारबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर नारायण गौतमले जानकारी दिए ।
तेह्रथुमको आठराई गाउँपालिका–६ का विकलाई जिल्ला अदालतले २०७५ असार २४ गते दोषी ठहर गर्दै सजाय तथा जरिवाना सुनाएको थियो ।