विराटनगर/ मोरङ रङ्गेली नगरपालिका–५ का सुवासकुमार मण्डललाई अचेल न रातमा निद्रा छ, न दिनमा भोक नै । वैदेशिक रोजगारीबाट कमाएको रकमले जीविकोपार्जन गर्ने सुनौलो सपना बोकेर क्यानडा जानको लागि दलालको हातमा ५ लाख रुपैयाँ सुम्पिएपछि अहिले निद हराम भएको छ ।

स्वदेशमा रोजगारीको अवसर पाउन नसकेका उनले जब विदेश जाने निधो गरे त्यतिबेला सम्पर्कमा आएका विदेश पढाउने बाकेको नेपालगञ्जका निरञ्जन पुरी र झापाको गौरीगञ्ज गाउँपालिका–४ का गणेशप्रसाद गिरी र दिपेन्द्रकुमार झाले मोरङका सात जना युवाको प्रतिव्यक्ती ५ लाख रुपैयाँको दरले ३५ लाख लिएर दलाल फरार भएपछि उनीहरूको बिल्लीबाठ भएको छ ।

वैदेशिक रोजगारीका क्यानडा जान खोजेका मोरङ सुनवर्षी नपा ९ का ३१ वर्षिय हंशराज राजवंशी, सोही ठाउँका कशंराज राजवंशी, ३५ वर्षिय पंकच राजवंशी, २३ वर्षिय अजय देवगत राजवंशी, प्रेमलाल राजवंशी, सुवास कुमार मण्डल र रंगेली नपा ५ का सुवास कुमार मण्डल दलालबाट ठगिएका हुन् ।

‘क्यानडा पठाउने सम्पूर्ण प्रक्रिया पुरा भएको जानकारी दिदै प्लेनको टिकट र भिसा दिएपछि हामी ७ जनाले ५ लाख रुपैयाँको दरले दलालको हातमा पैसाँ सुम्पिएम,’ मण्डलले भने, ‘काठमाण्डौको त्रीभूवन अन्तराष्टिूय विमानस्थल भित्र पस्दा पोे थाहाँ भयो ।

हामीलाई दिएको टिकट र भिसा त नक्कली पो रहेछ ।’ पाँच लाख रुपिँयाको दरले साँत युवाले क्यानडा प्रस्थानका लागि विमानस्थल पुगेपछि दलालको फन्दामा परेको थाहा पाएसँगै उनीहरूको क्यानडाको सपना टुङ्गिएको छ ।

उनीहरूले विभिन्न मितिमा आइएमी मार्फत पैसाँ गणेशप्रसा गिरीको नाममा पठाएको बताइएको छ ।

सातैजनाले पाँच लाख रुपिँया प्रतिव्यक्ति बुझाएर घरबाट बिदा लिएर काठमाण्डौं पुग्दा सबै ठगिएको थाहा भएको अर्का पीडित सुवासले बताए । ‘राम्रो कमाइ हुने आशाले क्यानडाको तयारी गरेको थिए,’ दलाल बाट ठगिएका सुवासले भने, ‘दलालको फन्दामा पर्दा ऋण काटेको पैसाँ अब डुब्यो ।

यत्रो पैसाँ अब कहाँबाट ल्याउने हो ? पीडाले सताएको छ,’ उनले भने । क्यानडामा रोजगारका लागि पु¥याउने भन्दै गिरी र पुरीले काठमाण्डौंसम्म उनीहरूलाई पुर्याएका थिए । उनीहरुलाई विमानको टिकट समेत दिएर भरोसमा पारेर रकम लिएपछि दलालहरु भने फरार भएको पीडितको गुनासो छ ।

आफूहरुको हातमा भएको टिकटले उड्न नपाउने जानकारी आएपछि ठगिएको भन्ने थाहा पाएका उनीहरुका लागि अहिले न क्यानडाको सपना बाँकी छ न त रकम हातमा ।

पीडितहरुले श्रम तथा रोजगार कार्यालय विराटनगरमा आफूहरु ठगिएको भन्दै उजुरी गरेका छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेलका अनुसार पीडितको उजुरीका आधारमा आरोपितको खोजिका लागि सम्बन्धित निकायसँग अनुरोध गरिएको छ ।

वरिष्ठ श्रम अधिकृत संजेलले ठगि गर्ने गिरी र पुरीलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय झापा र बाँकेको प्रशासन कार्यालयलाई समेत प्रत्रचार गरेको उनले बताए ।

दलालबाट पीडित हंशराज राजबंशीका अनुसार काठमाण्डौं विमानस्थलसम्म पुर्याउन गएका दलालहरु टिकट थमाएर फर्केका थिए । टिकट लिएर काउण्टरमा पुग्दा नक्कली भएको जानकारी पाएपछि उनीहरुसँग सम्पर्क हुनसकेको छैन ।

मंसिर ९ गतेदेखि उनीहरुले पैसा बुझाएका व्यक्तिहरुको लगातार खोजि गरिरहेपनि अहिलेसम्म सम्पर्कमा छैनन् । विदेश पठाउने भन्दै अन्य ठाउँका व्यातीलाई समेत दलाल गिरी र पुरीले ठगि गरेको उनीहरूले बताएका छन् ।