पर्सा पर्साको पर्सागढी नगरपालिका –१ मा एक युवती माथि छुरा प्रहार भएको छ । पर्सागढी नगरपालिका–१ मनवा बस्ने १८ वर्षीय सकुन्तला चौधरीलाई सोही नगरपालिका–२ को भटनीका १८ वर्षीय जयकिशोर चौधरीले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

विहान विद्यालय जान लागेको समयमा बाटो ढुकेर जयकिशोरले सकुन्तलालाई छुरा प्रहार गरेक थिए । नेशनल मेडिकल कलेज वीरगञ्जमा उनको उपचार भईरहेको छ । उनी बडनिहारमा रहेको जनता उच्च कक्षा ११ मा अध्ययनरत थिइन् । उनको अवस्था गम्भीर रहेको र शल्यक्रिया गर्ने तयारी भईरहेको चिकित्सकले जनाएका छन् ।

जयकिशोरलाई प्रहरीले पक्राउ गरेको छ । जयकिशोर र उनी कक्षा ८ मा सँगै पढ्ने साथी भएको बताइएको छ , जयकिशोरले उनीसँग प्रेम सम्बन्ध रहेको तर उनले थाहै नदिई विवहा गर्ने तयारी गरेकाले आक्रोशमा आफूले छुरा प्रहार गरेको बयानका क्रममा जयकिशोरले भनेको प्रहरीले जनाएको छ ।  
छुरा प्रहार गरेका जयकिशोरविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा चलाउने तयारी गरेको छ । हतियार नै प्रयोग गरी खस्त घाइते बनाएपछि उनीविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरिएको डीएसपी मानबहादुर राईले जानकारी दिए ।