सिरहा/ सिरहामा संघिय समाजवादी फोरम नेपाल प्रदेश नं. २ सिरहा जिल्लाको मिर्चैैया नगरपालीकामा सिरहा क्षेत्र नं. ४ क संयोजक विष्णु साहको अध्यक्षता तथा केन्द्रिय सदस्य जिल्ला इन्चार्ज अशेश्वर यादवको प्रमुख आतिथ्यमा मिर्चैया नगरपालीका पार्टि कार्यलायमा आयोजित सभावाट प्रभात सिंह को अध्यक्षतामा ३१ सदस्य नगर तदर्थ समिति चयन गरेको छ ।

उक्त भेलाले पार्टिको कार्यक्रम सांगठनिक विकासको लागी नगर इन्चार्जमा अजय कुमार यादवलाई तथा सह( इन्चार्जमा वुधन मण्डललाई चयन गरेकोछ ।

उक्त कार्यक्रममा आउँदो पार्टिको महाधिवेशन लाई लक्षित गरि गठन भएको नगर तदर्थ समिति निर्माण प्रक्रियामा नगर पालीका भरिका वडा अध्यक्ष लगायत अगुवा कार्यकर्ताहरुको उपस्थित रहेको थियो र त्यस्मध्ये हरेक वडा वाट २ जना प्रतिनिधी रहनेगरी नामावाली पेशगरी चयन प्रक्रिया अगाडी वढाएको थियो ।

नव गठित तदर्थ कमिटिका उपाध्यक्षमा सुनिता महतो सचिवमा मुनर लाल साह सहसचिवमा चनरदिप यादव कोषाध्यक्षमा जिमी कुमार यादव लगायत सदस्यहरुमा मोहन गाँई, शिवकुमारी मण्डल, विनोद नायक, रामकुमारी उराँव, तेजीलाल यादव, विरेन्द्र मुखिया, पवन देवी सदा, उमेश कुमार साह, मनोज ठाकुर, मिश्री लाल साह, फुलो यादव, देव प्रसाद साह, रतन यादव, रामनाथ यादव, राम करण यादव, माजैर यादव, रामबाबु यादव, सुरेन्द्र यादव, कारी मुखिया, उषादेवी यादव, राजिन्द्र यादव, अमिर कला देवी महरा, ठकनी साफी रहेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय सदस्य जिल्ला इन्चार्ज अशेश्वर यादवले संगठनले लिएको अधिवेशन रणनिती र विधान अनुसार अगाडी वढन निर्देशन दिदै शुभकामना दिनु भयो र संयोजक तथा सह इन्चार्ज विष्णु साहले क्रियाशिल सदस्यता वितरण गर्ने प्रक्रिया र अधिवेशन सम्वन्धि निर्देशन दिदै शुभकामना दिनुभएको थियो त्यस्तै पार्टि केन्द्रिय परिषद सदस्य विरेश्वर यादवले पार्टिको महत्व र एजेण्डामाथि प्रकाश पार्नुभएको थियो भने नव गठीत समितिलाई जिल्ला सदस्य देव सिंह दनुवार, मेयर प्रत्यासी जामुन यादव प्रेस फोरम प्रदेश सहसचिव अभरेन्द्र यादवले शुभकामना तथा कार्यकालको सफलता तथा वधाई दिदै कार्यक्रम सम्पन्न भएको थियो ।